पर्वतका दुई हजार बढी कोभिड प्रभावितले सरकारको राहत पाउने
कोभिड–१९ का कारण रोजगारी तथा आम्दानीका स्रोत गुमाएका परिवारलाई रु १० हजार नगद दिने सरकारको निर्णय अनुसार पर्वतका दुई हजार १८८ परिवारले राहत पाउने भएका हुन्।
पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले नौ महिनाको अवधिमा करिब आठ हजार सवारी साधनलाई कारबाही गरेर झन्डै ६० लाख रुपैयाँ राजश्य सङ्कलन गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार चालू आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि चैत महिनासम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका सवारीहरूलाई गरिएको कारबाहीबाट उक्त राजश्व सङ्कलन भएको हो। बजार क्षेत्र, ग्रामिण क्षेत्र र मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा गरिएक नियमित तथा छड्के अनुगमनका क्रममा
पर्वत : पर्वतमा प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई गरी तीनै सिटमा एमालेका उममेदवार विजयी भएका छन्।बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रतिनिधि सभामा एमालेका उम्मेदवार पदम गिरीले सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गरेका छन्। खसेका कुल मत ६६ हजार २२६ मध्ये गिरीले २९ हजार ८७२ मत पाउँदा जोशीले २७ हजार ६०९ मत पाएका छन्। जीतसँगै एमालेका केन्द्रीय सदस्य समेत रहेका गिरीले दोस्रो पटक संसदीय यात्रा तय गरेक
पर्वत । पर्वतमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रतिनिधि सभामा गिरीले नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी लाई २ हजार २ सय […]
पर्वत : आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पर्वतका १ लाख २२ हजार मतदाताले १४८ मतदान केन्द्रबाट मतदान गर्दैछन्।जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार तर ती सबै मतदान केन्द्रहरू भने १४८ ठाउँमा नै हुने छैनन्। नियम अनुसार सामान्यतः १ हजार ६० मतदाता हुँदा एउटा मतदान केन्द्र हुन्छ। ५÷७ जनाको सङ्ख्या तल माथि हुँदा एउटै केन्द्रमा मतदान हुने भए पनि त्यो भन्दा बढी भएमा अर्को केन्द्र राखेर दुवैमा बराबर मतदाता रहने गरी केन्द्रको निर्धारण गरिएको हुन्छ।जि
कास्की । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालले म्याग्दी र पर्वतका बाढी पहिरो पीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको छ । लायन्स अन्तर्राष्ट्रिय एलसीआईएफको डिजास्टर रिलिफ इमर्जेन्सीग्रान्ट अन्तर्गत (EMR21408/3251) प्राप्त दश हजार डलर र डिस्ट्रिक्ट ३२५ आई नेपालको डिजास्टरफण्डबाट करिव ३ लाख रकमबाट बाढी पहिरो पीडितहरूका लागि समान पठाएको हो । म्याग्दीको मालिका गाउँपालिका–२, […]
पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आव ०७८/७९ मा ट्राफिक नियम उल्लंघन गरेका सवारीहरूलाई गरेको कारबाहीबाट ६२ लाख रूपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार गत वर्षको साउनदेखि गत असारसम्म गरिएका ९ हजार ९ सय कारबाहीबाट ६२ लाख ५४ हजार ५ सय रूपैयाँ संकलन भएको हो।सबैभन्दा बढी गत वैशाखमा १ हजार ३५० सवारीमा गरिएको कारबाहीबाट ८ लाख ७१ हजार रूपैयाँ संकलन भएको छ। सबैभन्दा थोरै गत भदौमा ३५० सवारीलाई गरिएको क
पर्वत : जिल्लाको मोदी गाउँपालिका–२, पातीचौरमा जुवा खेल्दै गरेको अवस्थामा ७५ हजार नगदसहित सात जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पातीचौरस्थित महेशकुमार शर्माको घरको कोठामा गत साउन २४ गते जुवा तास खेलिरहेको भन्ने गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेकाहरूमा सोही ठाउँका ३८ वर्षीय टेकबहादुर पुन पुर्जा, ५० वर्षीय थानबहादुर विश्वकर्मा, ४८
असार १०, पर्वत । पर्वतका सबै स्थानीय तहले बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । कुश्मा नगरपालिकाले ७५ करोड २९ लाख रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । विनीयोजित रकम मध्ये प्रशासनिक खर्च तर्फ रु १५ करोड बिनीयोजन गरिएको छ ।
बजेट मध्ये नेपाल सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु १४ करोड १५ लाख, गण्डकी प्रदेशवाट १ करोड ६७ लाख, राजश्व वाँडफाँडवाट प्राप्त हुने ८ करोड, ८३ लाख २० हजार तथा गण्डकी प्रदेश सरकार र नेपाल सरकारवाट विभिन्न शिर्षकमा प्राप्त हुने अनुदान र आन्तरिक आय समेत बजेटमा समाबेश गरि प्रस्तुत गरिएको छ । बजेटमा समपुरक कोषतर्फ २ करोड ५० लाख, सामाजिक विकास तर्फ रु.१ करोड तथा आकस्मिक कोष÷प्रकोप व्वस्थापन कोषमा ४५ लाख बिनीयोजन गरिएको छ ।
बिहादी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोड २७ लाख ६९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । चालु तर्फ २४ करोड ५३ लाख ४० हजार र पूँजीगत तर्फ १८ करोड ७४ लाख २९ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।
महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्ष ७८÷७९ का लागि कुल ३९ करोड १२ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महाशिलाले चालु खर्च तर्फ ३ करोड २८ लाख २१ हजार बिनीयोजन गरेको छ भने पुँजीगत तर्फ १५ करोड ४ लाख ७१ हजार बिनीयोजन गरेको जनाएको छ । यसैगरी शसर्त तर्फ संघीय सरकारवाट तोकिएको कार्यक्रममा रु १६ करोड ९७ लाख, विशेष अनुदान संघीय तर्फ १ करोड ८ लाख रुपैया रहेको छ । त्यसैगरी शसर्त अनुदान प्रदेश सरकारतर्फ ६० लाख, समपुरक ४० लाख र जिल्ला समन्वय समिति मार्फत प्राप्त रु ४० लाख र अन्य गरी उक्त बजेट सार्वजनिक गरिएको हो ।
मोदी गाउँपालिकाले रू ७२ करोड १८ लाख ६४ हजारको बजेट पारित गरेको छ । जसमा ससर्त र सामाजिक सुरक्षासहित ४४ करोड ९३ लाख ६४ हजार चालू तर्फ र २७ करोड २५ लाख पूँजीगत तर्फ विनियोजन पारित गरिएको छ । मोदी गाउँपालिकाले आगामी बजेटमा गाउँपालिका हाइड्रोको हव भएको र विद्युत रोयल्टी समेत प्राप्त हुने कुरा मध्यनजर गर्दै मोदी गाउँपालिकामा २० यूनिट सम्म मात्र खपत गर्ने सबै घर परिवारको २० युनिट सम्मको न्यूनतम शुल्क अनुदान स्वरूप तिर्ने निर्णय गरेको छ ।
त्यसैगरी ज्याला मजदुरी गर्ने श्रमिकको योगदानमा आधारित श्रमिक कल्याणकारी कोष सञ्चालन गर्ने, दलित र बालबालिका लक्षित सशक्तिकरणको कार्यक्रममा ४२ लाख रुपैया विनियोजन गरेको छ ।
पैयुँ गाउँपालिकाले ४३ करोड ६५ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालु तर्फ २३ करोड ८३ लाख रुपैयाँ र पूँजीगत तर्फ १९ करोड ८२ लाख २२ हजार रुपैयाँ बिनियोजन भएको छ ।
पैयुँले कोभिड १९ रोकथामलाई प्राथमिकता दिएको छ । यस्तै गाउँपालिकाले बाँझो जमिनको उपयोग गर्ने, बैदेशिक रोजगारीबाट फर्किएका यूवालाई रोजगारी सृजना लाई पनि जोड दिएको छ ।
जिल्लाकोे फलेवास नगरपालिकाले ८५ करोड ३० लाख ४० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । फलेवासनमा चालूतर्फ रू.. ३० करोड ६८ लाख, पूँजीगततर्फ ३९ करोड ३२ लाख र समाजिक सुरक्षातर्फ १५ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख पदमपाणि शर्माले बताए ।
जलजला गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ४५ करोड १५ लाख ५० हजार रुपैयाँ रहेको छ । कुल बजेटमध्ये चालूतर्फ आठ करोड र पूँजीगततर्फ पन्ध्र करोड तेइसलाख पचास हजार रुपैयाँ र संघिय सरकारवाट प्राप्त शसर्त अनुदान रू. एक्काईस करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।
पर्वतको फलेवास नगरपालिकाका किसान दूध बिक्री नहुँदा मर्कामा परेका छन् । लामो समयको निषेधाज्ञाका कारण दूध बिक्री नभएकाले किसान मर्कामा परेका हुन् । फलेवासको देवीस्थान र कुर्घाका करिव एक हजार ५ सय जना कृषकहरु सहकारीमा आवद्ध भई पशुपालन गर्दै आएका छन् । उनीहरुले फलेवासमा संकलन केन्द्र सञ्चालन गरी दूध संकलन गर्दै आएका छन् । दूध […]
पर्वत । पर्वतका दुई स्थानीय तहले सरकारसँग खोप माग गरेका छन् । कोरोना संक्रमण नियन्त्रणमा चुुनौती देखिएपछि स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग खोप माग गरेका हुन् ।
उपलब्ध गराउन नसक्ने भए पालिकालाई नै खरिद अनुमति दिन उनीहरूको माग छ । पर्वतका नागरिकबाट खोपका लागि दबाब सिर्जना भएसँगै स्थानीय तह खोपको व्यवस्थापनमा जुटेका हुन् ।
सात स्थानीय तहमध्ये जलजला गाउँपालिका र फलेवास नगरपालिकाले कोरोनाविरुद्धको खोप माग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएका छन् । स्थानीय तहले खोपमा भन्दा संक्रमित पहिचानमा मात्रै ध्यान दिएका थिए भने खोपका लागि संघीय सरकारको बाटो हेरेर बसेका थिए । फलेवास र जलजलाले खोप उपलब्ध गराउन मन्त्रालयलाई दबाब दिएका छन् भने नभए आफैं खरिद गर्ने कार्यविधि बनाएर दिन अनुरोध गरेका छन् ।
स्थानीय तहले कोरोना संक्रमण, व्यवस्थापन र उपचारमा लाखौं रुपैयाँ खर्चिए पनि सरकार–सरकारमार्फत खोप आउने कार्यविधिका कारण आफै खोप ल्याउन असमर्थ भएका बताएका छन् ।
जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले सरकारले कि खोप मागअनुसार दिनुपर्ने नभए आफैं खरिद गर्ने व्यवस्थाका लागि सरकारलाई दबाब दिएको जानकारी दिए । जलजलाले १५ हजार डोज खोप आवश्यक रहेको बताएको छ ।
फलेवासले २५ देखि २८ हजार नागरिकलाई खोप दिनुपर्ने आकलन गरेको छ । नगरप्रमुख पदमपाणि शर्माले अहिले कोरोना नियन्त्रणका लागि खोपकै आवश्यकता रहेको हुनाले सरकारसँग खोप उपलब्ध गराइदिन माग गरिएको बताए । नगरपालिकाले आफैं खरिद गर्ने हो भने विकास बजेट रकमान्तर गरेरै भए पनि ल्याउन तयार रहेको शर्माको भनाइ छ ।
स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लामा पहिलो र दोस्रो डोज खोप ३ हजार २ सय ७१ जनाले लगाएका थिए । दोस्रो चरणमा ७० वर्षभन्दा माथिका ९ हजार ९ सय ११ जनाले खोप लगाएका थिए । ज्येष्ठ नागरिकले दोस्रो डोज खोप भने लगाउन पाएका छैनन् ।