काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रमा सञ्चालित ई–रिक्सालाई व्यवस्थित गर्ने भएको छ । ई–रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरी यही साउन १५ गतेभित्र सबै ई–रिक्साहरुलाई सूचीकृत गर्ने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले बताउनुभयो । उहाँका अनुसार, नगरमा सञ्चालित ई–रिक्साको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, […]