युक्रेनका संसदले राज्यको सम्पूर्ण खर्चको आधा हिस्सा रक्षामा खर्च हुनेगरी सन् २०२४ को सरकारी बजेटलाई अनुमोदन गरेको छ। बिहीबार बजेट बिनियोजन विषयमा मतदान भएको थियो। कीएभ र मस्को दुवैले युद्ध शुरु भएदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेका छन्। उनीहरू दुवैले हतियार र गोलाबारुदको उत्पादन बढाएका छन् किनकि उनीहरूले लामो द्वन्द्वको तयारी गरिरहेका छन्।युक्रेनको अर्थ मन्त्रालयका अनुसार करिब १.७ ट्रिलियन रिभनिया (करिब ४७ अर्ब अमेरिकी डलर) रक्षामा खर्च हुनेछ, जुन सन् २०२३ को बराबर हो।यो आँकडा शिक