२०५२ सालमा स्थापना भएको जोहाङ स्वास्थ्य चौकीको छानाले पानी छेक्दैन । चौरको कुनामा पुरानो एक छाप्रे जोहाङ स्वास्थ्य चौकी, कसैले पनि त्यस भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको कल्पना गर्दैनन् । तर, कार्यालयलाई बाध्यता परिरहेको छ, पुरानो भवनबाट सेवा प्रवाह गर्नुपर्ने । भवन नहुँदा साँघुरो र जीर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परिक्षण, ड्रेसिङ र सुरक्षित मातृत्वका सबै काम गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकी इन्चार्ज लक्ष्मण कामीले गुनासो गरे । उनले पुराना भवन सेवा प्रवाहसँगै पानी चुह