मोदीखोलाको मोटरेबल पुल जीर्ण बन्दा जोखिमपूर्ण यात्रा गर्दै सवारीसाधन

निर्माण भएको १३ वर्षसम्म पनि मर्मत नहुँदा पर्वतको एक मोटरेबल पुल जीर्ण बन्दै गएको छ । समय–समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्मा बजारसँग दक्षिण पर्वतका ५ स्थानीय तह जोड्ने एकमात्र दोबिल्ला फलेवास–सडकको कुश्मा नगरपालिका–८ दोबिल्लास्थित मोदीखोला माथि रहेको मोटरेबल पुल जीर्ण बनेको छ । समय–समयमा मर्मत नहुँदा सवारीसाधन र यात्रु समेत जोखिम मोलेरै वारपार गर्न बाध्य भएका छन् । पुलको अधिकांश ठाउँमा नट बोल्टु खुस्किएको, प...

सम्बन्धित सामग्री

चंखेलीको लोती खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा

चंखेली गाउँपालिकाको लोती खोलामा पुल नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पछिल्लो समय ग्रामीण क्षेत्रसम्म यातायात सुविधा पुगे पनि खोलामा मोटरेबल पुल नभएका कारण स्थानीय यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

म्याग्दीको बेगखोलामा मोटरेबल पुल निर्माण शुरू

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत म्याग्दीको रघुगंघा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल निर्माण शुरू भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्प्यान भएको पुल निर्माणका लागि २०७८ असार २९ गते बीओकेआई/हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख ४७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । विभागको पश्चिम सेक्टर कार्यालयका इञ्जिनीयर आशिक रिजालले ठेकेदारले निर्माण सामग्री जुटाएर पुल निर्माणका लागि प्रारम्भिक चरणको काम शुरू गरेको जानकारी दिए । ‘११ मिटर चौडाइको हुने पुलको डिजाइन एण्ड बिल्ड (निर्माण व्यवसायीले आफै डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको हो,’ उनले भने, ‘२०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा एक जना मानिस, ११ ओटा घर, बेलिब्रिज र झोलुंगे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । पाँच वर्षअघि बगाएको बेलिब्रिजको विकल्पमा पक्की पुल निर्माण हुन लागेको हो । पक्की पुलसँगै गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय म्याग्दीले पनि बेगखोलामा ८० मिटर लामो झोलुंगे पुल निर्माण शुरू गरेको छ । गत कात्तिक तेस्रो हप्ता करसहित २९ लाख ३८ हजारमा ठेक्का सम्झौता गरेको हिमशिखर कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले बताए । बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुंगे पुल पुनर्निर्माण भएपछि बर्खायाममा बेनी–जोमसोम यात्रा गर्दा जोखिम, सास्ती र झञ्जट हट्ने अपेक्षा गरिएको छ । पुल महाशाखाले बेनी–जोमसोम–कोरला सडक अन्तर्गत महभीर र पोखरबगरस्थित कालीगण्डकीमा दुईओटा मोटरेबल पुल निर्माण गरेको छ । २०७४ फागुनमा १९ करोडमा ठेक्का लिएको हिम–सगरमाथा–डाँफे–वज्रगुरु जेभीले महभीरमा बनाएको ८० मिटर लामो ११ मिटर फराकिलो पुल सञ्चालनमा आइसकेको छ । पोखरेबगरमा बनाएको ७० मिटर लामो पुल जोड्ने पहुँच मार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भएको छ ।      गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठओटा मोटरेबल पुल निर्माण सकिएको छ । १८६ किलोमिटर दूरिको बेनी–जोमसोम–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत थप एउटा निर्माणको अन्तिम चरण र १२ ओटा निर्माणाधीन छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको बताए । रासस

बेगखोलामा जहिल्यै सास्ती

बेनी–जोमसोम सडक खण्डको बेगखोलामा मोटरेबल/झोलुंगे पुल समेत नहुँदा यात्रुले भेलमा हेलिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बेगखोलामा मोटरेबल पुल मात्र होइन खोला तर्ने सामान्य फड्केसमेत नबन्दा पैदल यात्रुले थप सास्ती खेप्नुपरेको हो ।

मोटरेबल पुल जीर्ण, जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

१५ चैत, पर्वत । निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा पर्वतको एक मोटरेबल पुल जीर्ण बन्दै गएको छ । समय–समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुल जीर्ण बन्दै गएको …

एकै गाउँमा तीन मोटरेबल पुल - Naya Patrika

पक्की पुलको अभावमा देशका विभिन्न क्षेत्रमा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तर, तनहुँको बन्दीपुर– ४ विमलनगर र गोरखाको च्याङ्ली जोड्न दुईवटा पक्की पुल निर्माण भइरहेका छन् । यहाँ, पुरानो मोटरेबल...पूरा पढ्नुहोस् »