मुलुकमा अनियमित खर्च बढ्ने क्रम जारी रहेको छ। बर्सेनि अनियमित व्यय मात्र नभएर सत्तामा बस्नेले आफूखुसी गरेको खर्चले अनियमिताको ग्राफ बढ्दो क्रममा रहेको देखाएको हो।महालेखा परीक्षकको कार्यालयद्वारा जारी वार्षिक प्रतिवेदनअनुसार २०७३ मा ७ प्रतिशत रहेको अनियमित खर्च २०७७ मा आइपुग्दा २३ दशमलव ५१ प्रतिशत पुगेको छ।महालेखा परीक्षकले प्रतिवेदनमार्फत हरेक वर्ष अनियमितताको विवरण सार्वजनिक गर्ने गर्छ। तर, महालेखाले औँल्याएको कमी कमजोरीमा अझसम्म सुधार गरेको देखिँदैन। लेखापरीक्षण ऐन, २०७५ को दफा २० ले प्रत्येक