काठमाडौं । नयाँ राजनीतिक कोर्षमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक घण्टा छलफल भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछिको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।