काठमाडौँ- झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । उनले नेकपा एमाले अग्नि खरेललाई पराजित गरेका हुन् । शर्माले ३९ हजार ६२४ मत ल्याउँदा खरेलले २५ हजार ३४९ मत मात्र ल्याए । यसअघि सोही क्षेत्रबाट शर्मा दुई पटक पराजित भएका थिए ।