खोप लगाउन नपाएको भन्दै पेट्रोल पम्पमा काम गर्नेले दिए आन्दोलन गर्ने चेतावनी(विज्ञप्तिसहित)

काठमाडौं, ४ असार । पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको गुनासो गरेका छन् । खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएको हो । विज्ञप्तिमार्फत खोप लगाउन […]

सम्बन्धित सामग्री

निजी पम्पमा मजदुरको आन्दोलन, इन्धन भर्नेको घुँइचो [तस्बिरहरू]

पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै सुरू गरेको आन्दोलनका कारण सोमबार पनि पट्रोल पम्पहरू बन्द रहे । निजी पेट्रोल पम्पहरू बन्द भएपछि सरकारी निकायले सञ्चालन गरेका पम्पहरूमा सर्वसाधारणको घुँइचो लागेको छ । पम्पहरू अगाडी ठूला लाइन छन् । हेर्नुहोस्, काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प बाहिरको सोमबारको दृश्य :

निजी पम्पले इन्धन नदिएपछि सरकारीमा भीड [तस्बिरहरु]

ढुवानी मजदुरहरुको आन्दोलनका कारण निजी पेट्रोल पम्पहरुले इन्धन बिक्री वितरण रोकेपछि सरकारी पेट्रोल पम्पहरुमा चाप बढेको छ । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन सुरु गरेपछि हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प, भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प, नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा आइतबार राति अबेरसम्म इन्धन भर्नेको घुइँचो देखिएको हो । हल्चोक पेट्रोल पम्पका केही तस्बिरहरु :

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध ५ विद्यार्थी संगठनले गरे आन्दोलन घोषणा

असार ३० मा देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्नेसमेत उनीहरूले घोषणा गरेका छन्।