लकडाउनका बेला काम गर्न नसकिएको भन्दै निर्माण व्यवसायीले फेरि पनि आयोजनाको म्याद ६ महिना थप्न माग गरेका छन् । गत चैत ११ पछि लकडाउन भएको र उक्त अवधिमा सरकारले थपिदिएको ६ महिना पर्याप्त नभएपछि व्यवसायीले तालुक मन्त्रालय धाउँदै फेरि म्याद थप्न दबाब दिन थालेका छन् ।