काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको छ। सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले सोमबार संसद भवनमा संसदीय दलको बैठक बोलाएको हो। परिवर्तित राजनीतिक परिस्थितिबारे पार्टीको आधिकारिक धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको एमालेले जनाएको छ। एमालेले प्रधानन्यायाधीश राणासँगै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश […]