काठमाडौं (अस) । रूपन्देहीको बुटवल उपमहानगर–३ का अधिवक्ता सागरमणि पोखरेल र शिक्षिका कमला ज्ञवालीले एकअर्कालाई ५०–५० लाख रुपैयाँको सिटिजन जीवन सारथि बिमा पोलिसी दिई आफ्नो वर्षगाँठ फरक किसिमले मनाएका छन् । वैवाहिक जीवनको २७ औं वर्ष पूरा भएको अवसरमा उक्त जोडीले एकअर्कालाई बीमा पोलिसी उपहार दिई वर्षगाँठ मनाएको हो । लामो समयदेखि समाज सेवा गर्दै आएका पोखरेल पेसाले अधिवक्ता, विभिन्न वित्तीय संस्था र बीमा क्षेत्रमा क्रियाशील छन् भने ज्ञवालीले बिहान क्याम्पस र दिउँसो सरकारी विद्यालयमा अध्यापन गराउँदै आएकी छन् ।
सिटिजन लाइफमा आफ्नो जीवनकालमा जम्मा गरेको रकमले बुढेसकालमा समेत उपयोगी हुने देखेपछि बीमा गरेको उनीहरूले बताए । कार्यक्रममा कम्पनीका एरिया म्यानेजर नरेश सिग्देलले पोखरेल दम्पतीले खरिद गरेको बीमा पोलिसी लाभप्रद रहेको बताउँदै दुवै जनालाई सुखी जीवनको शुभकामना दिए । पोखरेल दम्पतीले हालसम्म ७ वटा बीमा पोलिसी परिपक्व भएकाले उक्त रकम छोराछोरीको उच्च शिक्षालगायत विभिन्न कार्यका लागि सहयोगी भएको बताए ।