वैवाहिक वर्षगाँठमा बिमा पोलिसी उपहार

आफ्नो वैवाहिक जीवनको २७औँ वर्ष पूरा भएको अवसरलाई एक जोडीले एक–अर्कालाई बिमा पोलिसी उपहार दिई मनाएका छन् । रुपन्देहीको बुटवल–३ का अधिवक्ता सागरमणि पोखरेल र  शिक्षक कमला ज्ञवालीले एक कार्यक्रममा एक–अर्कालाई...

सम्बन्धित सामग्री

वैवाहिक वर्षगाँठमा सिटिजन जीवनसारथी बिमा पोलिसी उपहार

आफ्नो वैवाहिक जीवनको २७औ वर्ष पूरा भएको अवसरमा एक जोडीले एक अर्कालाई बिमा पोलिसी उपहार दिई मनाएका छन् ।बुटवल ३, रुपन्देही बस्ने अधिवक्ता सागरमणि पोखरेल र शिक्षक कमला ज्ञवालीले एक कार्यक्रममा एक अर्कालाई ५०–५० लाखको बिमा पोलिसी दिई आफ्नो वर्षगाठ फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका छन् ।लामो समयदेखि समाजसेवा गर्दै आएका सागर पोखरेल […]

वैवाहिक वर्षगाँठमा ५०–५० लाखको बिमा पोलिसी उपहार

काठमाडौं (अस) । रूपन्देहीको बुटवल उपमहानगर–३ का अधिवक्ता सागरमणि पोखरेल र  शिक्षिका कमला ज्ञवालीले एकअर्कालाई  ५०–५०  लाख रुपैयाँको  सिटिजन जीवन सारथि बिमा पोलिसी दिई आफ्नो वर्षगाँठ फरक किसिमले मनाएका छन् । वैवाहिक जीवनको २७ औं वर्ष पूरा भएको अवसरमा उक्त जोडीले एकअर्कालाई बीमा पोलिसी उपहार दिई वर्षगाँठ मनाएको हो । लामो समयदेखि समाज सेवा गर्दै आएका पोखरेल पेसाले अधिवक्ता, विभिन्न वित्तीय संस्था र बीमा क्षेत्रमा क्रियाशील छन् भने ज्ञवालीले बिहान क्याम्पस र दिउँसो सरकारी विद्यालयमा अध्यापन गराउँदै आएकी छन् । सिटिजन लाइफमा आफ्नो जीवनकालमा जम्मा गरेको रकमले बुढेसकालमा समेत उपयोगी हुने देखेपछि बीमा गरेको उनीहरूले बताए । कार्यक्रममा कम्पनीका एरिया म्यानेजर नरेश सिग्देलले पोखरेल दम्पतीले खरिद गरेको बीमा पोलिसी लाभप्रद रहेको बताउँदै दुवै जनालाई सुखी जीवनको  शुभकामना दिए । पोखरेल दम्पतीले हालसम्म ७ वटा बीमा पोलिसी परिपक्व भएकाले उक्त रकम छोराछोरीको उच्च शिक्षालगायत विभिन्न कार्यका लागि सहयोगी भएको बताए ।