काठमाण्डाै – राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल आउन नसकेको बताउनुभएको छ ।
आज सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको बताउनुभएको हो । मल र बिउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उहाँले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताउनुभयो ।
मन्त्रीहरू मल लिनका लागि भनेर विदेश गए पनि त्यहाँ...