अफगान भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुग्यो

अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुगेको छ । पाक्तिकाको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर बुधबार बिहान ६ दशमलब १ म्याग्‍निच्यूडको भूकम्प गएको थियो ।भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महसुस गरिएको थियो । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।  भूकम्पका कारण दर्जनौँ घर भत्किएका छन् । भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँ

सम्बन्धित सामग्री

अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुग्याे

अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ। अफगानिस्तानको तालिवान सरकारले देशमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको जनाएको हाे। तालिवानको रेड क्रिसेन्ट विभागले चिसोका कारण करिब ८० हजार जनावरको मृत्यु भएको जनाएको छ। अफगान रेड क्रिसेन्ट चारसाम्बलीका प्रमुख मौलवी हक खलसका अनुसार देशभर शुक्रबारसम्म १७५ जनाको मृत्यु भएको छ भने करिब ३० […]

अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुग्यो

२१ माघ, काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले देशमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको जनाएको छ । तालिवानको रेड क्रिसेन्ट विभागलाई उद्धृत गर्दै बीबीसीले चिसोका कारण करिब ८० हजार जनावरको मृत्यु भएको जनाएको छ । अफगान रेड क्रिसेन्ट चारसाम्बलीका प्रमुख मौलवी हक खालासका अनुसार देशभर चिसो, ग्यास प्रदूषण र वर्षाका कारण शुक्रबारसम्म १७५ जनाको […]

अफगान भूकम्प अपडेट : मृत्यु हुने ९२० पुगे

अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुगेको छ । पाक्तिका प्रान्तकाे दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महशुस गरिएको थियो । भूकम्पमा सयौँ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान […]

अफगानिस्तान बम विस्फोट : मृत्यु हुनेको संख्या १७० पुग्यो

अफगानिस्तानको राजधानी काबुलस्थित हामिदकारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ। भारतीय समाचार संस्था दैनिक भाष्करकाअनुसार हमलामा १३ जना अमेरिकी सैनिक, २ जना बेलायती नागरिकसहित १७० जनाको मृत्यु भएको हो।घटनामा १ हजार २७६ जना घाइते भएका छन्। विस्फोटमा मारिएका १५५ अफगान नागरिकमा २८ जना तालिबान संगठनको पनि रहेको बताइएको छ।विमानस्थलको गेटमा पहिलो विस्फोट भएको थियो। त्यसपछि एयरपोर्ट नजिकै ब्यारन होटल क्षेत्रमा विस्फोट भएको थियो। जहाँ बेला

काबुल बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुग्यो

काठमाडौं । अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भइरहेको उद्धार कार्य अन्तिम चरणमा प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिहीबार साँझ काबुल विमानस्थलमा बम विस्फोट भए पनि उद्धार कार्य रोकिएको छैन । आक्रमणपछि उद्धार कार्यलाई अझै तीव्रता दिइएको छ । विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ । अधिकांश अफगान नागरिकसहित १३...

काबुल आक्रमणमा मृत्यु हुने १०० पुगे

अफगानिस्तानको राजधानी काबुलमा शनिबार तालिवानले गरेको आत्मघाती एम्बुलेन्स बम आक्रमणमा मृत्यु हुनेको संख्या १ सय पुगेको छ । अफगान आन्तरिक मन्त्रालयले आइतबार मृतकको संख्या १ सय पुगेको जनाएको हो ।