काठमाण्डौ – गएको माघ महिनामा २० हजारभन्दा धेरैले अनलाइनबाट श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार माघ महिनामा मात्रै कार्यालयमा उपस्थित नभई ४९ देशबाट २० हजार १८३ जनाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिएका हुन् ।
अनलाइनबाट श्रम स्वीकृति लिनेमा वैदेशिक रोजगारीमा रहेका ९ सय ८८ जना महिला र १९ हजार १९५ जना पुरुष रहेका छन् ।
यसरी अनलाइनबाटै सेवा लिनेमा सबैभन्दा धेरै कतारबाट रहेका छन् । कतारबाट एक महिनाको अवधिमा ७ हजार २०२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । कतारपछि सेवा लिने...