काठमाडौं : नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ। पटकपटक मिति सारेर हुन लागेको महाधिवेशनको मुख्य काम क्रियाशील सदस्यताको टुंगो भने अझै लाग्न सकेको छैन।
कार्यतालिकाअनुसार भोलि आइतवार क्रियाशिल सदस्यताको टुंगो लगाएर सभापति शेरबहादुर देउवालाई बुझाउने अन्तिम मिति हो। त्यसपछि असार ३० गते देउवाले फाइनल गरेर केन्द्रीय निर्वाचन समितिलाई बुझाउने…