रोल्पामा प्रहरीले ठूलो परिमाणमा अवैध लागूपदार्थ अफिम खेती नष्ट गरेको जनाएको छ । उत्तरपूर्वी रोल्पास्थित थबाङ गाउँपालिकाका वडा नं ४ र ५ उवाका करिब आधा दर्जन गाउँ र जंगलमा लगाइएको अफिम खेती चार दिन लगाएर नष्ट गरिएको हो । अफिम खेती गरिएको सूचना पाएपछि प्रहरी टोली वैशाख १३ देखि परिचालित भएको थियो ।
प्रहरीले रोल्पामा ठूलो मात्रामा अवैध रूपमा खेती गरिएको अफिम खेती नष्ट गरेको छ । पश्चिमी रोल्पाका भित्री गाउँमा खेती गरिरहेको सुराक पाएपछि पुगेको प्रहरी टोलीले दुई दिन लगाएर विभिन्न स्थानबाट २८ रोपनी क्षेत्रफलमा लगाइएको करिब २५ हजार अफिमको बोट नष्ट गरेको हो ।