हेटौँडा : सशस्त्र प्रहरी बलले मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–९ स्थित कान्द्राङमा करिब ५ बिघामा लगाइएको अफिम खेती नष्ट गरेको छ।सशस्त्र प्रहरी बलको नं. १४ गण मकवानपुर, स्थानीय प्रहरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको संयुक्त टोलीले सोमवार उक्त अफिम खेती नष्ट गरेको हो।मंगलवार सशस्त्रले सोही गाउँपालिकाको रुन्चेवाङ्ग इलाकामा गरिएको अफिम खेती नष्ट गरिरहेको जनाएको छ।
वीरगञ्ज – प्रहरीले बारामा एक कठ्ठा जग्गामा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रआदर्श, बाराबाट खटिएको प्रहरी टोलीले आदर्शकोतवाल गाउँपालिकामा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। गाउँपालिकाको वडा नं.७ स्थित लौकाहा टोलमा लगाइएको अफिम खेती नष्ट गरिएको उनले बताए।
काठमाण्डाै - रुकुम पूर्वमा अवैध लागु औषध (अफिम) खेतीलाई नष्ट गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गर्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार पछिल्लो पटक जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–५ को हुकाम क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । त्यस क्षेत्रको झण्डै २ सय १० रोपनी जग्गामा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको सूचना अधिकारी खत्रीले बताउनुभयो ।
जिल्लामा अन्य क्षेत्रमा पनि अफिम खेती गरिएको भ...
रुकुम पश्चिम - रुकुम पश्चिममा प्रहरीले झण्डै सात राेपनी बारीमा लगाइएको अफिम खेती नष्ट गरेकाे छ।
शनिवार हिजाे रुकुमकाे आठबिसकोट नगरपालिका-१३ मा रहेकाे हम्फामा लगाइएको अफिम खेतीकाे फँडानी गरिएको प्रहरीले जनाएको हाे।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार छुट्टाछुट्टै ठाउँमा गरेर झण्डै सात राेपनी जग्गामा अफिम खेती गरिएकाे थियाे ।
इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा गएको प्र...
मकवानपुर – जिल्लाको विकट राक्सिराग र कैलाश गाउँपालिकाअन्र्तगत ४६ बिघा १६ कठ्ठा जमिनमा अवैधरूपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले त्यहाँ तीन बिघा पाँच कठ्ठा जमिनमा लगाइएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुवै गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सो खेती नष्ट गरिएको हो । प्रत्येक वर्ष […]
रोल्पा जिल्लाको प्रहरी लुकिछिपी गरिएको विभिन्न स्थानको अफिम खेती नष्ट गर्ने अभियानमा जुटेको छ । सोमबार पनि प्रहरीले गोप्य सूचनाको आधारमा थबाङ्ग गाउँपालिकका–४, मलागिरि, जुत्तर र गुराँसे बन लगायतका स्थानमा करिब २१० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक लक्ष्मण वलीको कमाण्डमा ईप्रका पोवाङ्ग, ईप्रका उवा र ईप्रका थवाङ्गबाट खटिएको २६ जनाको प्रहरी टोलीले उत्त अवैध लागुपदार्थ अफिम खेती नष्ट गरेको हो । उक्त स्थान जिल्ला
प्रहरीले मकवानपुरका विभिन्न स्थानमा लगाइएको अफिम खेती नष्ट गर्ने अभियान थालेको छ । प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको संयुक्त प्रहरी टोलीले मकवानपुरका विभिन्न क्षेत्रमा लगाइएको लागू औषध अफिम खेती नष्ट गर्ने अभियान थालेको हो ।प्रहरीले दैनिकजसो अभियान नै चलाएर अफिम खेती नष्ट गरे पनि उत्पादनमा भने वर्षेनी बढ्दो क्रममा रहेको छ । पछिल्लो समय मकवानपुरमा अफिम खेती लगाउनेतर्फ आकर्षण बढेक
नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११...
नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११ रोपनीमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले कानूनले प्रतिबन्ध गरेको अफिम खेती नष्ट गर्न प्रहरीले चार दिनको अभियान चलाएको र यसबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको बताए ।&nbs