नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को ब्यबस्थाहरु कार्तिक १ गतेबाट लागु गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र पूर्वाधार विकास बैंकलाई चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को ब्यबस्थाहरु २०७९ कार्तिक १ गतेबाट लागु गर्न निर्देशन दिएको हो ।जस अनुसार बैंक तथा वित्तीय संस्थाले २०७९ कार्तिक १ गते देखि चालपुँजी प्रकृतिका कर्जा प्रवाह, नवीकरण वा पुनरावलोकन गर्दा राष्ट्र बैंकबाट जारी 'चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९' बमोजिम गर्न पर्नेछ। 'चालूपुँजी कर्जा सम्बन्धी मार्गदर्शन,२०७९' लागू हुनुपूर्व प्रदान गरिएका चालूपुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ। 'चालूपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९' को बुदा नं. ७ मा भएको भेरियन्स सम्बन्धी व्यवस्था मार्गदर्शन लागु भएको पहिलो वर्ष अनिवार्य नहुने राष्ट्र बैंकले जनाएको छ।नेपाल राष्ट्र बैंकले जारी गरेको मार्गदर्शन अनुसार फर्म,संस्था, वा कम्पनीले विभिन्न ४ प्रकारको चालू पुँजी कर्जा प्राप्त गर्न सक्ने छन् । राष्ट्र बैंकले क्यास क्रेडिट कर्जा , अल्पकालीन अवधिको कर्जा, आयात निर्यातसँग सम्बन्धित कर्जा, र चालू पुँजी प्रयोजनको आवधिक कर्जा लिन सकिने गरि चालू पुँजी कर्जाको बर्गिकरण गरेको हो । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र पूर्वाधार विकास बैंकले चालु पुँजी कर्जा प्रदान गर्न सक्ने छन् । मार्गदर्शनमा ग्राहकको वार्षिक कारोबार वा बिक्रिको आधारमा चालु पुँजी कर्जा प्रदान गरिने उल्लेख छ ।कुन कर्जा कस्तो ? क) क्यास क्रेडिट कर्जाऔद्यौगिक एवम् व्यापारिक कम्पनी फर्म संस्थाको चालू सम्पत्ति व्यवस्थापनका लागि सोही चालू सम्पत्ति धितोलाई दृष्टिबन्धक (Hypothecation) र वा धरौट बन्धक (Pledge) र/वा धितोबन्धक (Mortgage) राखी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नवीकरणयोग्य कर्जालाई क्यास क्रेडिट कर्जा मानिनेछ।ख)अल्पकालीन अवधिको कर्जाऔद्यौगिक एवम् व्यापारिक कम्पनी फर्म संस्थाको अल्पकालीन चालू पूँजीको आवश्यकतालाई पूर्ति गर्न सोही चालू सम्पत्ति धितोलाई दृष्टिबन्धक (Hypothecation) र/वा धरौट बन्धक (Pledge) र वा धितोबन्धक (Mortgage) गरी निश्चित अवधि तोकी एकमुष्ट कर्जा प्रवाह र एकमुष्ट भुक्तानी हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जालाई अल्पकालीन अवधिको कर्जा मानिनेछ । यस्तो कर्जा नवीकरणका लागि योग्य हुने छैन ।ग) आयात निर्यातसँग सम्बन्धित कर्जाऔद्योगिक तथा व्यापारिक प्रयोजनका लागि खोलिएका प्रतीतपत्र वा अन्य माध्यमबाट मालसामान आयात निर्यात गर्दा गराउँदा Proforma Invoice मा उल्लेखित रकमको सीमासम्मको रकम भुक्तानी गर्ने प्रयोजनका लागि प्रदान गरिने कर्जालाई आयात निर्यातसँग सम्बन्धित कर्जा मानिन्छ । यस कर्जाअन्तर्गत ट्रस्ट रिसिट लगायतका कर्जा पर्दछन् ।घ)चालू पुंजी प्रयोजनको आवधिक कर्जाव्यवसायको चालू पुँजीको आवश्यकता मूल्यांकन गर्दा स्थिर प्रकृतिको आवश्यकता Permanent Working Capital Need लाई कम्तीमा पाँच वर्ष अवधिको आवधिक कर्जा प्रदान गर्नुपर्दछ । यस्तो कर्जालाई चालू पुँजी प्रयोजनको आवधिक कर्जा मानिने छ । दायाँबायाँ गरे पुरै रकम प्रोभिजन गर्नुपर्ने मार्गदर्शनमा चालू पुँजी कर्जा सदुपयोगितासम्बन्धी प्रष्ट व्यवस्था गरिएको छ । जस अनुसार चालूपुँजी कर्जाको रकम व्यावसायिक प्रयोजनको लागि मात्र प्रयोग भएको यकीन गर्नुपर्दछ । उक्त रकम व्यावसायिक प्रयोजनबाहेक असम्बन्धित व्यक्ति वा साझेदार÷प्रोप्राइटर÷संचालक÷ कर्मचारीलाइ भुक्तानी गर्न वा रकमान्तर गर्न पाइने छैन । यसरी भुक्तानी गरेको पाइएमा सम्पूर्ण चालू पँुजी कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ । चालूपुँजी प्रकृतिको कर्जा उपयोग गर्ने ऋणीको चल्ती खाता र कर्जा खाता छुट्टाछुट्टैसंचालन गर्नुपर्नेछ । ऋणीको व्यवसायको सम्पूर्ण नगद प्रवाह, इजाजतपत्रप्राप्त संस्थामा रहेको चल्ती खातामार्पmत् हुनु पर्दछ । यस्तो खातामा व्यवसायको Revenue वा sales proceed जम्मा गर्ने व्यवस्था गर्नुपर्नेछ । कर्जा रकम व्यावसायिक प्रयोजनका लागि कर्जा खाताबाट सोभैm रकमान्तर गरेर मात्र कारोबार गर्नुपर्दछ । मासिक रुपमा कर्जा सीमाको दुई प्रतिशतभन्दा बढी रकम सोझै वा अन्य खातामा रकमान्तर गरेर नगद झिक्न पाइनेछैन ।चालू पुँजी कर्जाको रकमबाट कुनै पनि प्रकारको कर्जाको प्रयोजन÷प्रयोगसँग असम्बन्धित भुक्तानी (किस्ता÷साँवा÷ब्याज÷अन्य शुल्क) गर्न पाइनेछैन । चालूपुँजी कर्जाको रकमबाट कुनै पनि किसिमको कर्जा भुक्तानी भएको पाइएमा जुन कर्जा भुक्तानी भएको हो सो कर्जा भुक्तानी नभएकोमानी प्रचलित व्यवस्थाबमोजिम कर्जा वर्गीकरण गर्नुपर्ने र भुक्तानी भएकोरकम पुनः चालूपुँजी कर्जा खातामा फिर्ता गर्ने व्यवस्था गर्नुपर्दछ । तर, प्रतीतपत्र खोल्दाका बखत स्वीकृत गरिएको चालूपुँजी कर्जा प्रवाह गरी आयातसँग सम्बन्धित कर्जा चुक्ता गर्न सकिनेछ ।