जीतेपछि निलकाजी शाक्यको प्यानल विहानै पुग्यो प्रकाशमान निवास (फोटोफिचर)

काठमाडौं, १८ असोज । नेपाली काँग्रेस काठमाडौं महानगरपालिका कमिटीका निर्वाचित पदाधिकारी विहानै पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगे । त्यहाँ उनीहरुको भव्य स्वागत र बधाई भयो । सिंह र उनकी धर्मपत्नी सृजना सिंहले काठमाडौं महानगरपालिका नेपाली काँग्रेस कमिटीका सभापति निलकाजी शाक्यसहितको पदाधिकारीलाई टीका र माला लगाइदिएका थिए । शाक्य लामो समययता सिंहका विश्वासपात्र हुन् । […]

सम्बन्धित सामग्री

महानगरका सभापपतिसँग डा. शेखरले भनेः तोकिएको समयमा १५ औँ महाधिवेशन हुनेमा शंका

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँग काठमाडौँमा भेटघाट र छलफल गरेका छन् । शुक्रबार बिहान काठमाडौँ महानगरका निलकाजी शाक्य , ललितपुर महानगरका सुवानन्द धाख्वा , भतरपुर महानगरका चित्रसेन अधिकारी  , विराटनगर महानगरपालिका दिपक चापागाईं र विरग...

काँग्रेसले काठमाडौँको मेयर उम्मेदवारमा गरेको सिफारिसप्रति विरोध

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ महानगर समितिले आफूहरुको नाम मेयरको लागि सिफारिस नगरेको भन्दै आकाङ्क्षीहरूले विरोध जनाएका छन् । महानगर समितिले हिजो (बिहीबार) काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सृजना सिंह, नगर सभापति निलकाजी शाक्य, प्रगतीमान रञ्जित र हरिप्रभा खड्गीको नाम सिफारिस गरेको थियो । सिफारिसमा नपरेका बाबुराम आचार्य र सागर भट्टराईले संयुक्त विज्ञप्ति निकालेर आफूहरुलाई […]

काँग्रेसबाट काठमाडौं महानगर मेयरको उम्मेदवारमा सिफारिस ५ जना को कस्ता ?

नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा पाँच जनाको नाम सिफारिस गरेको छ । काँग्रेसको काठमाडौं महानगरपालिका समितिको बिहीबार बसेको बैठकले बागमती प्रदेश सभापति इन्द्र बानियाँसमक्ष पाँच जनाको नाम सिफारिस गरेको हो । बैठकले यसबारे पार्टी सभापति शेरबहादुर देउवा र काँग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँलाई बोधार्थ पठाएको छ ।जसमा निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरिएको छ । काँग्रेसले मेयरमा सिफारिस गरेका पाँच जनाको राजनीति पृष्ठभूमि चर्

काठमाडौँको मेयरमा सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली काँग्रेसको काठमाडौँ महानगर समितिले मेयरको उम्मेदवारका लागि सिर्जना सिंहसहित ५ जनाको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको छ । नगर समितिको बुधबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो । शाक्य नगर समितिका सभापति एवं काठमाडौं वडा नम्बर […]

कांग्रेसद्वारा काठमाडाैँ महानगरकाे मेयर पदका लागि चार जनाकाे नाम सिफारिस

काठमाडौँ - नेपाली कांग्रेसको काठमाडौँ महानगर समितिले मेयरका लागि चार जनाको नाम सिफारिस गरेको छ । बुधबार बसेकाे समितिको बैठकले नगर सभापति निलकाजी शाक्य, शुसन वैद्य, तीर्थराम डंगोल र सिर्जना सिंहको नाम सिफारिस गरेको हाे । सत्ता गठबन्धनको बैठकले कांग्रेसलाई काठमाडाैँ महानगर दिने निर्णय गरेकाे थियाे ।

कांग्रेसद्वारा काठमाडाैँ महानगरकाे मेयर पदका लागि चार जनाकाे नाम सिफारिस

काठमाडौँ - नेपाली कांग्रेसको काठमाडौँ महानगर समितिले मेयरका लागि चार जनाको नाम सिफारिस गरेको छ । बुधबार बसेकाे समितिको बैठकले नगर सभापति निलकाजी शाक्य, शुसन वैद्य, तीर्थराम डंगोल र सिर्जना सिंहको नाम सिफारिस गरेको हाे । सत्ता गठबन्धनको बैठकले कांग्रेसलाई काठमाडाैँ महानगर दिने निर्णय गरेकाे थियाे ।

कांग्रेस काठमाडौं महानगर सभापतिमा शाक्य

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकामा आइतबार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार प्रगतिमान रञ्जितलाई पराजित गर्दै संस्थापन इतर पक्षका निलकाजी शाक्य विजयी भएका छन् ।रामचन्द्र पौडेल र प्रकाशमान सिंहको समर्थन पाएका शाक्य करिब दोब्बर मतान्तरको फरमा सभापतिमा निर्वाचित भएका हुन् । त्यस्तै उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशन वैद्य […]

काठमाडौं महानगरमा सिंह-थापा निकट शाक्यको प्यानल नै विजयी

नेपाली काँग्रेसको काठमाडौं  महानगरपालिकाको सभापतिमा निलकाजी शाक्य विजयी भएका छन् । शाक्यले ७ सय ९६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्  । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएका छन् ।शाक्यलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र गगन थापाको समर्थन थियो भने रञ्जितलाई सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको साथ थियो । तर सिंह थापा निकट शाक्यको प्यानल नै विजयी भएको छ ।शाक्य प्यानलबाटै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भएका छन् ।यस्तै सचिवम

काँग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी

नेपाली काँग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी रहेको छ । राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि शुरु भएको हो । शनिवार नै मतदान गर्ने भनिएपनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन । नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिको नेतृत्वको लागि निलकाजी शाक्य प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ । मतदान समय १ बजे सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले बताएको छ ।