अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्गटन पोस्ट’ले जानकारी गराएको छ। अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बर्न्स र बारादरबीच सोमबारको भेट वार्ता भएको अमेरिकी उक्त पत्रिकाले उल्लेख गरेको छ।एक हप्ताअघि अफगानिस्तानमा बीस बर्षदेखि अमेरिकासँग लड्दै आएको तालिबानसँग जो बाइडेन प्रशासनको अहिलेसम्मकै उच्चस्तरीय भेटवार्ता भएको हो।सीआईएले भने यस मामिलामा टिप्पणी गरेको छैन। यस बैठकमा अफगानिस