प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार तत्काल हतियार किन्ने पक्षमा नरहेको प्रस्ट्याएका छन् । 'हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन । म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु,' पार्टी कार्यालय सानेपा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा देउवाले भने ।