काठमाडौं : नेकपा (एमाले)को १० औँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे केपी शर्मा ओली। तर, भीम रावलले अन्तिमसम्म पछि नहट्ने अडान लिएपछि ओली चुनाव जितेरै अध्यक्ष बने। प्रतिस्पर्धामा ओलीले १८ सय ३७ मत पाए भने रावलले २ सय २३ मत मात्रै पाए। तर, एमालेमा ओलीविरुद्ध रावलले ल्याएको मत सामान्य होइन। जसरी महाधिवेशन प्रतिनिधि चयन भएका थिए, त्यसलाई हेर्दा शतप्रतिशत हार्ने चुनाव उठ्ने रावलको आँटलाई कम आँक्न मिल्दैन। उनको उम्मेदवारीलाई धेरैले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मर्नबाट जोग