कारोना नियन्त्रण पहिलो प्राथमिकतामा राख्न स्थानीय तहलाई आग्रह

सुनील महर्जन, काठमाडौं सरकारले कारोना रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न देशभरका स्थानीय तहलाई आग्रह गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय तहलाई पत्र पठाएर सो आग्रह गरेको हो । मन्त्रिपरिषद्को निर्णय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पत्रलाई आधार मानेर मन्त्रालयले सो आग्रह गरेको मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका […]

सम्बन्धित सामग्री

स्थानीय तहको बजेट निर्माणमा कोरोना नियन्त्रण प्राथमिकता

रुकुम । रुकुमका स्थानीय तहले बजेट निर्माण प्रक्रिया शुरू गरेका छन् । रुकुम पश्चिमका ६ ओटै स्थानीय तहले बजेट निर्माण प्रक्रिया थालेका हुन् । जिल्लाका स्थानीय तहका प्रमुखहरूको बैठकले कोभिड महामारीबाट जनताको सुरक्षा गर्ने कार्यलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गर्ने निर्णय गरेका छन् । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माको संयोजनमा हालै भएको बैठकमा विगतका कार्यक्रमको समीक्षा गर्दै आगामी वर्षका नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने विषयबारे विस्तृत छलफल भएको छ । जिल्लास्थित ६ ओटै पालिकामा कोभिड–१९ महामारीका कारण अपेक्षित काम गर्न नसकिए तापनि प्राथमिकताका कार्यक्रम आधारभूत रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ । आगामी वर्षका लागि कोभिड महामारी न्यूनीकरण र विगतका अधुरा आयोजना सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने निर्णय भएको जिल्ला समन्वय समिति प्रमुख शर्माले जानकारी दिए । जिल्लाको मुसीकोट नगरपालिकामा दुग्ध उद्योग, चौरजहारी नगरपालिकामा बीउ प्रशोधन उद्योग, आठबीसकोट नगरपालिकामा ड्राइफुड र काष्ठ उद्योग सञ्चालनमा ल्याउने गरी नयाँ कार्यक्रम तय गर्ने निर्णय भएको छ । यसैगरी सानीभेरी गाउँपालिकामा गार्मेन्ट उद्योग, त्रिवेणी गाउँपालिकामा अदुवा प्रशोधन उद्योग र बाँफिकोट गाउँपालिकामा जलविद्युत् तथा गलैंचा उद्योग सञ्चालनमा ल्याउने कार्यक्रम बजेटमा समेटिने भएको छ । बैठकमा पूर्वमन्त्री एवं सांसद जनार्दन शर्माको पहलकदमी र पालिका एवं जिल्लास्थित सरकारी निकायका साथै स्वास्थ्य संस्थाको सक्रिय परिचालनका कारण जिल्लामा कोभिड महामारी नियन्त्रणबाहिर जान नपाएको निष्कर्ष पनि निकालिएको छ । बैठकमा पूर्वमन्त्री शर्माले कोभिड नियन्त्रणलाई उच्च प्राथमिकता दिएर नीति तथा कार्यक्रम तय गर्न पालिका प्रमुखहरूलाई आग्रह गरेको बताइएको छ ।

Aarthik Abhiyan

बागमतीको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण प्राथमिकतामा (पूर्णपाठसहित)

हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरस रोकथाम, न्यूनीकरण र उपचारको कुरालाई प्राथमिकता दिइएको छ। सरकारले ‘प्रदेश प्रमुख कोभिड १९ खोप कोष’  नै स्थापना गरी नेपाल सरकारको समन्वयमा प्रदेशको सबै बासिन्दालाई अनिवार्य खोपको व्यवस्था गर्ने कुरा पनि नी

थाहा खबर

‘बागमतीको नीति कार्यक्रम तथा बजेटमा कोरोना नियन्त्रण प्राथमिकतामा’

बागमती प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी वर्षको नीति कार्यक्रम तथा बजेटमा कोरोना नियन्त्रणलाई प्राथमिकता रहने बताएका छन् ।बागमती प्रदेशसभाको सोमबार बसेको बैठकमा छलफलका लागि आगामी आर्थिक वर्षको निति कार्यक्रम तथा बजेटको सिद्धान्तहरू प्रस्तुत गर्दै कोरोना तथा अन्य महामारी नियन्त्रण र प्रदेशका नागरिकहरुको जिवन रक्षाका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु प्रदेश सरकारको प्रमुख प्राथमिकताको क्षेत्र भएको बताएका हुन् ।आगामी वर्षको बजेटमा शैक्षिक क्षेत्रको प

Ratopati