रेडमी नोट ९ प्रो म्याक्स बजारमा, मी पावर बैंक २ आई पनि उपलब्ध

काठमाडौं । शाओमीले नेपाली बजारमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन थपेको छ । यस वर्षको

सम्बन्धित सामग्री

२०० मेगापिक्सेल क्यामेराका साथ रेडमी नोट १३ स्मार्टफोन सार्वजनिक हुने

कम्पनीले रेडमी नोट १३ स्मार्टफोनमा २०० एमपी क्यामेरा उपलब्ध गराउने भएको छ । यहीकारणले यो स्मार्टफोन सामसङ्ग

२०० मेगापिक्सेल क्यामेराका साथ रेडमी नोट १३ स्मार्टफोन सार्वजनिक हुने

कम्पनीले रेडमी नोट १३ स्मार्टफोनमा २०० एमपी क्यामेरा उपलब्ध गराउने भएको छ । यहीकारणले यो स्मार्टफोन सामसङ्ग जस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्न सकिनेछ । रेडमी नोट १३ चीनमा अर्को महिना अर्थात अक्टोबरमा लन्च गर्न सकिन्छ । यसअघि पनि फोनका धेरै स्पेसिफिकेशन्स लीक भइसकेका छन् । अब यससँग सम्बन्धित नयाँ अपडेट आएको छ ।  रेडमी नोट १३, रेडमीको नोट श्रृंखलाको अर्को फ्ल्यागशिप,...

क्वालकमको स्न्यापड्रयागन ४ प्रोसेसर प्रयोग भएको पहिलो स्मार्टफोन सार्वजनिक

साओमीले रेडमी नोट १२ आर स्मार्टफोन सार्वजनिक गरेको छ । क्वालकमको नवीनतम स्नापड्रागन ४ जेन २ चिपसेटसहित चीनमा रेडमी नोट १२ सार्वजनिक भएको हो ।  यसमा ५००० एमएएच ब्याट्री र ५० एमपी डुअल रियर क्यामेरा सेटअप छ । रेडमी नोट १२ आर स्मार्टफोन चार भेरियन्टमा उपलब्ध छ ।  यस फोनको बेस भेरियन्टको मूल्य चिनियाँ युआन ९९९ तोकिएको छ, जसमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज छ । फोनको...

के हो टेलिकमको भीओएलटिई सेवा, यी फोनमा चल्छ भीओएलटिई

माघ २३, काठमाडौ‌। नेपाल टेलिकमले आफ्नो १८ औ वार्षिकोत्सव पारेर भीओएलटिई सेवाको व्यवसायीक शुरुवात गरेको छ। गत जेठबाट परिक्षण भईरहेको भीओएलटिई सेवा शनिवारदेखि व्यवसायीक रुपमा सञ्चालनमा आएको हो । देशभर टेलिकमको फोरजी नेटवर्क कभरेज भएको ठाउँमा भीओएलटिई सेवा उपलब्ध भएको नेपाल टेलिकमले बताएको छ  ।  टेलिकमले  सेवालाई आधुनिक बनाउँदै गुणस्तर सुधार गर्ने भन्दै  वायरलेस प्रविधिको चौथो पुस्ताको प्रविधि फोरजी एलटिई सेवाको शुरु गरेको थियो । उक्त सेवाको उपलब्धतासँगै फोरजी मोबाइलको भ्वाईस सेवामा हाई डेफिनेशन प्राप्त हुने भीओएलटिई सेवा गत जेठबाट  परीक्षण शुरु गरिएको थियो । यो भीओएलटिई प्रविधिले  डायल गर्नासाथ सम्पर्क कायम हुने, नेटवर्कको सहज उपलब्धताका साथै सेवामा गुणस्तरीयता महसुस गर्न सकिने टेलिकमले बताउँदै आएको थियो।  कसरी एक्टिभ गर्ने ? यदि तपाईसँग  उल्लेखित कुनै पनि फोनसेटन छ भने डायल प्याडमा गएर *४४४# डायल गर्नुहोस र  सेवा शुरु गर्नुहोस । एण्ड्रोइड फोन छ भने नेटवर्क सेटिङमा गएर भीओएलटिई अन गर्नुहोस । यदि तपाई आईफोन यूजर हो भने सेटिङ भित्र कलरडाटामा जानुहोस, डाटाअप्सनमा जानुहोस।  त्यसपछि भ्वाईस डाटामा जानुहोस् भीओएलटिई अन गर्नुहोस र एलटिई अप्सनमा टिकमार्क लगाउनुहोस । शनिवारदेखि व्यवसायीक रुपमा सञ्चालनमा आएको भीओएलटिई सेवा नेपालमा उपलब्ध सबै फोन सेटमा भने सपोर्ट गर्दैन । भीओएलटिई सपोर्ट गर्ने फोनसेटमा मात्रै यो सेवा उपलब्ध हुनेछ । आफ्नो मोबाईलको सेटिङमा गएर भीओएलटिई अप्सन भए नभएको निर्क्योल गरि आफ्नो फोनमा भीओएलटिई चल्ने नचल्ने पत्ता लगाउन सकिन्छ।  यद्यपी नेपाल टेलिकमले भीओएलटिई सेवा सपोर्ट गर्ने फोन भित्र्याउन मोबाईल फोन आयात कर्तालाई अनुरोध गर्दै आएको छ। यी हुन भीओएलटिई चल्ने मोबाईल फोन   सामसङ ग्यालेक्सी एम जीरो वान एस, ग्यालेक्सी एम ०२, ग्यालेक्सी एम ११, ग्यालेक्सी एम १२, ग्यालेक्सी एम २१, ग्यालेक्सीन एम ३० एस, ग्यालेक्सी एम ३१, ग्यालेक्सी ए १२, ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ५२, ग्यालेक्सी ए ५२ फोनमा चल्ने छ ।  त्यस्तै सामसङको ग्यालेक्सी ए ७० एस, ग्यालेक्सी ए ७१, ग्यालेक्सी ए ७२, ग्यालेक्सी नोट १०, ग्यालेक्सी एस १०, ग्यालेक्सी एस टेन प्लस, ग्यालेक्सी एस टेन इ, ग्यालेक्सी एस २०, ग्यालकेसी एस २० प्लस, ग्यालेक्सी एन २० अल्ट्रा, ग्यालेक्सी एस २० एफई, ग्यालेक्सी एन २१, ग्यालेक्सी एस २१ प्लस, ग्यालेक्सी एन २१ अल्ट्रा मोबाइलमा सेमत चल्नेछ ।  त्यसैगरी सामसङको ग्यालेक्सी नोट १०, ग्यालेक्सी नोट १० प्लस, ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड २ मोबाइलमा चल्नेछ ।   आईफोन आईफोन ६, आईफोन सिक्स एस, आईफोन सिक्स एस प्लस, आईफोन सेभेन, आईफोन सेभेन प्लस, आईफोन एट, आईफोन एट प्लस, आईफोन एसई, आईफोन एक्स, आईफोन एक्सआर, आईफोन एक्सएस, आईफोन एक्सएस म्याक्स, आईफोन ११, आईफोन ११ प्रो, आईफोन ११ प्रो म्याक्स, आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्समा नेपाल टेलिकमको भीओएलटिई चल्नेछ । आईफोनमा लेटेस्ट आईओएस अपडेट आएको छ की छैन् निश्चित गर्नुपर्छ ।     साओमी साओमीको रेडमी नाइन प्राइम, एमआई १०, रेडमी नोट नाइन प्रो, रेडमी एटए, रेडमी नोट सेभेन प्रो, रेडमी नोट १० प्रो, रेडमी नाइन सी, रेडमी नाइन ए, रेडमी नाइन प्राइम, रेडमी एट, रेडमी सेभेन, पोको एफ वान र एमआई नोट टेन लाइट  मोबाइलमा चल्नेछ ।   नोकिया नोकियाको नोकिया ५.३, नोकिया ७.२, नोकिया ३.४, नोकिया जी ट्वान्टी फोनमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ ।   त्यस्तै जेटिईका जेटिई ब्लेड ए-५१, जेटिई ब्लेड भी-३० जेटिई ब्लेड ए- ७१ / ओप्पो एफ-१९, ओप्पो ए-१६/ भीवोका वाई – ५१, वाई – २० वाई – २० एस र वन प्लसको वनप्लस- सीई फोनमा चल्ने टेलिकमले जानकारी दिएको छ।

रेडमी नोट ११ बजारमा

काठमाडौं (अस) । साओमी नेपालले रेडमी नोट सिरिजअन्तर्गत क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्लेलगायत अपग्रेड गरेर नेपाली बजारमा रेडमी नोट ११ लन्च गरेको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार रेडमीमा उत्कृष्ट क्यामराका साथै फल्यागसिप लेभल ६एनएमसहितको स्न्याप्डयार्गन ६८० को प्रोसेसर रहेको छ । ५००० एमए एच ब्याट्री रहेको यो फोन सेटमा ५० एमपी मेन क्यामेरा, ८ एमपी अल्ट्रा वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २एमपी डेप्थ क्यामेरा रहेको छ । रेडमी नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा एफएचडी प्लस एमोलेड डट डिस्प्ले, फ्ल्याट एज बडी डिजाइन, डुअल सुपर लिनियर स्पिकरलगायत सुविधा छन् । नेपाली बजारमा रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्लु उपलब्ध हुनेछ । कम्पनीले ४ देखि ६४ जीबीको सेटको मूल्य २२,९९९, ४ देखि १२८ जीबीको २४,९९९ र ६ देखि १८ जीबीसम्मको २६,९९९ रुपैयाँ मूल्य पर्ने बताएको छ ।

रेडमी १० प्राइम सार्वजनिक, यस्तो छ विशेषता र मूल्य

शाओमी, ग्लोबल टेक्नोलोजी लीडरले आज आफ्नो पहिलो ५० एमपीको स्मार्टफोन रेडमी १० प्राइम को साथमा रेडमी इयरबड्स ३ प्रो नेपालमा लन्च गरेको छ । अपेक्षा गरेको भन्दा बढी प्रदर्शन प्रदान गर्ने रेडमी १० प्राइम मिडियाटेक हेलियो जी ८८ चिपसेटको साथ बजारमा भित्रिएको छ । यसले प्रभावशाली ९० हट्र्जको ६.५ इन्चको एफएचडी + एडप्टिभ सिन्क डिस्प्लेको प्रस्तुत गर्दछ । पातलो डिजाइनको साथमा यो शक्तिशाली ६००० एमएएचको दुई दिने ब्याट्रीको साथ उपलब्ध छ । यो उपकरण मेमोरी एक्सटेन्सन सुविधाको साथ उपलब्ध छ जसले प्रयोगकर्ताहरुलाई अस्थायी रूपमा  २ जीबी सम्मको र्याम उनीहरुको स्मार्टफोन स्टोरेजमा स्टोर गर्न मदं्दत गर्दछ र सहज कार्यक्षमता र वृद्धि प्रदर्शन को सुविधा प्रस्तुत गर्दछ । शक्ति र रचनात्मकतालाई ध्यानमा राखेर डिजाइन गरीएको यो उपकरणले कन्टेन्ट व्रिmएटर, स्ट्रिमिंग गर्ने उत्साहीहरु, विद्यार्थीहरु, र मोबाइल गेमरहरु सबैको लागी एक उच्च अनुभव प्रदान गर्दछ ।लन्चको बारेमा टिप्पणी गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “विगत सात बर्षदेखि रेडमीले लगातार प्रवृक्तिहरु सेट गरी रहेको छ र आफ्नो स्मार्टफोनको साथमा उद्योगको बेन्चमार्कलाई पार गरेको छ । रेडमी प्रति रहेको ग्राहकहरुको विश्वासले टीमलाई इनोभेसनको मामिलामा उच्च मापदण्ड सेट गर्न सहयोग पुर्याएको छ र रेडमी सिरिजलाई देशकै सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन सिरिज मध्येको एक हुन सफल बनाएको छ । रेडमी १० प्राइमको लन्च संगै, हामीले अल–राउन्ड सुपरस्टार ल्याइ रहेका छौं जसले प्रयोगकर्ताहरुको लागि क्यामेरामा ल्याइएको सुधार, उच्च रिजोलुशन डिस्प्ले, उच्च प्रदर्शन, र पावर प्याक ब्याट्री लाइफ सुधारका साथ रेडमी नोट १० सिरिज र रेडमी सिरिजलाई साथ ल्याउन गर्न मद्दत गर्दछ । रेडमीले हरेक कन्टेन्ट व्रिmएटरहरुलाई नयाँ टेक्नोलोजीसँग पहुँचयोग्य बनाउने प्रतिज्ञा पूरा गर्दै, रेडमी १० प्राइम मुख्यधाराको उपकरण क्षेत्रमा एक कदम अगाडी रहेको छ ।”रेडमी १० प्राइम५०मेगापिक्सेलको एआई क्वाड क्यामेरा सेटअपको साथ फोटोग्राफीलाई अझै उच्च स्तरमा लैजादैरेडमी १० प्राइमले ५० मेगापिक्सेल अल्ट्रा हाई रिजोलुसनको मेन क्यामेरालाई प्रस्तुत गर्दछ जसले तारकीय विवरण सहित अद्भुत कन्टेन्टलाई कैद गर्दछ । ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ  रेडमी १० प्राइमले प्रयोगकर्ताहरुलाई सबै पल कैद गर्नको लागि स्वतन्त्रता प्रदान गर्दछ । नाइट मोड वा प्रो कलर मोडका साथ प्रयोगकर्ताहरुले ब्राइटनेसलाई बढाउन सक्नुहुन्छ र फोटोलाई अधिक रंगीन बनाउनको लागी थोरै स्याचुरेसनलाई बढाउन सक्नुहुन्छ । प्रयोगकर्ताहरुलाई प्यानरोमा सेल्फी÷ग्रुपिज लिन को लागी र साथीहरु तथा परिवारहरुसंग यादगार पल कैद गर्न को लागी सोही फिचरहरुको उपयोग गर्दै, रेड मी १० प्राइम ८ मेगापिक्सेलको सेल्फी क्यामेराको साथ उपलब्ध छ ।विभिन्न क्यामेराको फिचरहरुसँग भिडियोलाई कैद गरी रचनात्मकता प्रदान गर्ने र डुअल माइकका साथ राम्रो अडियो रेकर्डिँग गर्ने, रेडमी १० प्राइम एक कन्टेन्ट व्रिmएटरको लागि स्वर्ग नै हो । यो उपकरणले फोटोग्राफी र भिडियो शटहरुमा फ्लेयर जोड्ने स्टाइलिश फिल्टरहरुको सूटलाई प्याक गर्दछ। इमेज प्रोसेसिंगलाई थुप्रै रोचक सुविधाहरु जस्तै पोर्ट्रेट मोड फिल्टरका साथ अझ इन्हान्स्ड गरिएको छ । यो मोडका सांथ, प्रयोगकर्ताहरुले  मात्र दुई चरण मा आश्चर्यजनक पोर्ट्रेट फोटोहरु क्लिक गर्न सक्नुहुन्छ जसले ग्यालरीमा स्टाइलिश फिल्टरलाई जोड्दछ । कन्टेन्ट व्रिmएटररहरुलाई इमेजको विभिन्न पक्षहरु अन्वेषण गर्न र त्यही अनुसार व्रmप, ब्युटिफाइ, इमेजको सेटिंगलाई मिलाउन, यो एक इन–बिल्ट एडिटरका साथ उपलब्ध रहेको छ । विभिन्न अन्य सुविधाहरु जस्तै स्काई मोड,कलाईडस्कोप मोड, सर्ट भिडियो फिल्टर मोडका साथ, प्रयोगकर्ताहरुले आफ्नो सौन्दर्यशास्त्रको सम्पूर्ण सेट परिवर्तन गर्न र रंगहरुलाई बढाउन वा आवश्यकता अनुसार उनीहरुलाई टोन गर्न सक्नेछन् ।९० हट्र्जको रिफ्रेस रेट एडप्टिभ सिन्क टेक्नोलोजीलाई प्रस्तुत गर्दै आफ्नो सेग्मेन्मा टप–अफ–द लाइन कन्टेन्डर रहेको रेडमी १० प्राइममा एक ठूलो ६.५ इन्चको फुल एचडी+ डिस्प्ले रहेको छ जसले सिमलेस स्व्रmोलिंग र आँखालाई मोहित बनाउने दृश्य प्रदान गर्नको लागि ९०हट्र्जको रिफ्रेस रेट प्रस्तुत गर्दछ । एडप्टिभ सिन्क टेक्नोलोजी सँग जोडीएको, रेडमी १० प्राइमले कन्टेन्ट फ्रेम रेटको पहिचान गर्दछ र कन्टेंट फ्रेम संग मिल्ने डिस्प्ले रिफ्रेश रेटलाई परिवर्तन गर्दछ । यसले वास्तवमा आवश्यक हुने पलहरुको लागि मात्र रिफ्रेस रेटलाई बोस्ट गर्दछ छ र ब्याट्रीलाई लामो समय सम्म टिकाउँछ । भ्युइन्ग अनुभवको कुरा आउँदा , रेडमी १० प्राइम कागज बनावटको साथ एक इनबिल्ट रिडिंग मोड ३.० को साथ आउँदछ जसले वास्तविक कागजको अनुकरण गर्दै आँखालाई पर्ने तनाव कम गर्नको लागी सहयोग गर्दछ । प्रयोगकर्ताहरुलाई इमर्सिभ कन्टेन्ट स्ट्रिमिंगको सुनिश्चित गर्दै यो उपकरण एक पंच होल डिस्प्ले र डुअल स्पिकरको साथ उपलब्ध छ।शक्तिशाली मिडियाटेक हेलियो जी ८८ प्रोसेसरको साथ प्रयोगकर्ताको अपेक्षालाई पार गर्र्ने रेडमी १० प्राइमले १२ न्यानोमिटरको प्रोसेस टेक्नोलोजीमा निर्मित मिडियाटेक हेलियो जी ८८ को डेब्यु गरेको छ । लाइटनिंग फास्ट जीपीयुको उपयोग गर्दै, रेडमी १० प्राइमले शक्तिशाली हार्डवेयर र अझ उच्च स्तरको सुविधाहरुका साथ मोबाइलको प्रदर्शनलाई पूरै नयाँ उचाईमा लगेको छ । ओक्टा–कोर सीपीयूले दुई आर्म कोर्टेक्स–ए ७५ सीपीयू २ गिगाहट्र्ज सम्म र ६ आर्म कोर्टेक्स–ए ५५ कोर छिटो र उत्तरदायी मल्टिटास्किंग अपरेसन को लागी १.८ गिगाहट्र्ज सम्म संचालन गर्दछ। यो माली जी ५२ सीपीयुको साथ पेयर गरिएको छ जसले एक उच्च फ्रिक्वेन्सीमा संचालित ३०% अधिक उर्जा दक्षता संग यसको यो भन्दा पहिलो संस्करणकोे तुलनामा हाई एन्ड प्रदर्शनको प्रस्तुती दिन्छ ।यसबाहेक, प्रोसेसर हाइपरइन्जिन गेम टेक्नोलोजी २.० का साथ उपलब्ध छ । यस टेक्नोलोजी फ्ल्युड गेमिंग एक्सपेरियन्सकोे लागी स्मुथ गेमप्ले संग लगातार प्रदर्शन प्रदान गरेर गेमिंग अनुभवको बढावाको लागी डिजाइन गरीएको हो । प्राइम सिरिजको सबैभन्दा नयाँ मेमोरी एक्सटेन्सन एक अपग्रेडेड सुविधाको साथ आउँछ जसले प्रयोगकर्ताहरु लाई ४ जीबीको भेरियन्टलाई १ जीबीले बढाउन तथा  ६ जीबीको भेरियन्टलाई  २ जीबीले बढाउन मद्दत गर्दछ दिन्छ र उनीहरुलाई ब्याकग्राउन्ड रेजीडेन्ंसीमा अधिक एप्लिकेसनहरु राख्न सहयोग पुर्याउँछ ।एक पातलो डिजाइन र शक्तिशाली ६००० एमएएच ब्याट्रीको साथ आफ्नो दिनचर्या बिताउनुहोस् रेडमी १० प्राइम एक शक्तिशाली ६००० एमएएच ब्याट्रीको साथ उपलब्ध छ जुन नियमित काम गर्ने परिस्थिति अनुसार सजिलै दुई दिन सम्म टिक्न सक्दछ । यस्तो शक्तिशाली ब्याट्री रहदा रहदै पनि, यो एक ह्यान्ड–इन फिलको साथ पातलो डिजाइनमा आउँदछ । यो स्मार्टफोन मात्र १९२ ग्रामको रहेको छ र प्रयोग गर्न र खल्तीमा बोक्नको लागी अति सहज रहेको छ । यसले १८ वाटको फास्ट चार्जिंगलाई समर्थन गर्दछ र यो बट्टा बाहिर रहेको २२.५ वाटको चार्जरको साथ उपलब्ध छ । यति मात्र नभएर यो स्मार्टफोनले ९ वाटको रिभर्सड वायर्ड चार्जिंगलाई सर्पोट गर्दछ जुन बजेट स्मार्टफोनमा एक सार्थक अपग्रेड हो । यसले उपयोगितामा पनि थुप्रै सुविधाहरु प्रदान गर्दछ ।MIUI १२.५ः एक क्लिनर सफ्टवेयर एक्सपेरियन्ससफ्टवेयरमा, समग्र प्रयोगकर्ताहरुको अनुभवलाई वृद्धि गर्दै यो स्मार्टफोन अहिले सम्मकै MIUI राम्रो संस्करण– सबैभन्दा छिटो, सफा र स्मार्ट रहेको सफ्टवेयर MIUI १२.५ को साथमा उपलब्ध रहेको छ । कोर सिनको मेमोरीलाई २०%ले घटाउँदै र बिजुलीको खपतलाई १५ % ले घटाउँदै, यो प्रणाली UI को लामो ब्याट्री जीवन प्रदान गर्न को लागी पुनः लेखिएको छ । यसको लेटेस्ट संस्करणको साथ, प्रयोगकर्ताहरुले कुनै पनि एप्लिकेसन अन्इन्स्टल गर्न र हटाउन सक्दछन् जसले गर्दा यसलाई सबैभन्दा मिनिमल रहेको युजर इन्टरफेस बनाएको छ । इभोल डिजाइनको विरासतलाई जारी राख्दैनयाँ इभोलको डिजाइनलाई कायम राख्दै, रेडमी १० प्राइमले एक परिष्कृत नयाँ रूप प्रदान गर्दछ र एक प्रीमियम इन–ह्यान्ड फिल प्रदान गर्दछ । स्मार्टफोन मात्र १९२ ग्रामको रहेको छ र प्रयोग गर्न र मा खल्तीमा बोक्नको लागी अति सहज रहेको छ । रोमाञ्चक नयाँ डिजाइन जस्तै, यो ३ वटा आकर्षक रंगहरुमा उपलब्ध छ – एलिगेन्ट बन्चको लागि फ्यान्टम ब्ल्याक, मिनिमलिस्टको लागि एस्ट्रल व्हाइट र विशेष रंग चाहने प्रयोगकर्ताहरुको लागी बिफ्रोस्ट ब्लू ।सबै प्रमुख कार्यात्मक पक्षहरु कायम रहेको छ भनेर सुनिश्चित गर्दै यो उपकरण डेडिकेटेड माइव्रmो एसडी कार्ड स्लटका साथ दुईवटा सिम कार्डको साथ उपलब्ध छ। यसलाई ३.५ मिलिमिटरको अडियो ज्याक, साइड माउन्ट गरिएको फिन्गरप्रिन्ट स्क्यानर र आइआर ब्लास्टरसँग ल्याइएको छ । साथै, यो उपकरण एक स्प्ल्याश प्रुफ न्यानो कोटिंगका साथ सुरक्षित गरिएको छ र यो आकस्मिक स्व्रmयाचहरुबाट बचाउनको लागि कर्निंग® गोरिल्ला® ग्लास ३ को साथ उपलब्ध छ । पोर्टहरु रबरयुक्त सीलको साथ कोरोजन–प्रुफ रहेको छ र यसले हिट डेसिपेसनको लागि डुअल ग्राफाइट सिटहरुलाई सर्पोट गर्दछ जसले यो उपकरणलाई कुनै पनि जीवन शैलीको लागि अनुकूल बनाउन मद्दत गर्दछ ।यो एक ४जीको उपकरण हो र ४जीको नेटवर्क मापदण्डहरुलाई सर्पोट गर्दछ ।मूल्यःरेडमी १० प्राइम दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ– ४जीबी+६४जीबी (१जीबीले बिढाउन सकिने र्याम) नेपाली रु २०,९९९ मा र ६ जीबी+१२८ जीबी र्याम (२ जीबीले बढाउन सकिने र्याम) नेपाली रु २३,९९९ मा उपलब्ध हुनेछ ।

१०८ मेगापिक्सल क्यामरा भएको ‘रेडमी नोट–१० प्रो’, कति पर्छ मूल्य?

यो १०८ एमपी क्यामरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ७३२ जी, ईभोल डिजाइनका साथ उपलब्ध छ।