यो सरकार ढल्यो भने भद्रगोल सिर्जना हुन्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार ढल्यो भने भद्रगोल सिर्जना हुने बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘मुलुकको राजनीति गलत दिशामा गइरहेको छ, यो ढल्यो भने झनै भद्रगोल स्थिति उत्पन्न हुन्छ।’ उनले गलत क्रियाकलापविरुद्ध जनता प्रतिकार उत्रिनुपर्ने टिप्पणी गरे। सरकार ढाल्ने प्रयास मुलुकका लागि दुर्भाग्य हुने उनको भनाइ थियो। आगामी वर्ष सामाजिक सुरक्षा भत्ता बढ्ने उनले बताए।

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री यादवको सपथ, मन्त्रीपरिषदमा ४ जना उपप्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराएका छन् । यादवसँगै अब मन्त्रीपरिषदमा उपप्रधानमन्त्रीको संख्या ४ पुगेको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री र मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी […] The post उपप्रधानमन्त्री यादवको सपथ, मन्त्रीपरिषदमा ४ जना उपप्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कानुन मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई

राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले प्रधानमन्त्रीले सम्हाल्दै आएको सो मन्त्रालयको कार्यभार आज उपप्रधानमन्त्री...

अमरेशको व्यंग्य : प्रधानमन्त्रीबाहेक २४ जनालाई नै उपप्रधानमन्त्री बनाइदिऊँ

काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीबाहेक सबै मन्त्रीलाई उपप्रधानमन्त्री बनाउन व्यङ्ग्यात्मक सुझाव दिएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले सबैलाई उपप्रधानमन्त्री बन्नुपर्ने आकांक्षा देखिएको भन्दै २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीबाहेक सबैलाई  उपप्रधानमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका हुन्। ‘उपप्रधानमन्त्रीको झुण्ड भएर स्थायित्व हुने हो? दलहरुलाई उपप्रधानमन्त्री चाहियो। यदि मन्त्री नै समस्

प्रचण्ड सरकारमा चार जना उपप्रधानमन्त्री

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन् । तर, वर्तमान सातदलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री बनेका हुन् । वर्तमान सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एकजना उपप्रधानमन्त्री नियुक्त भएका हुन् । एमालेबाट उपप्रधानसहित अर्थमन्त्री […]

प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन्। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन्। सोमबार संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठकले श्रेष्ठ, पौडेल र लामिछानेलाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको हो। श्रेष्ठ परराष्ट्रमन्त्री, पौडेल अर्थ र लामिछाने गृहमन्त्री बन्ने भएका छन्। यसअघि नारायणकाजीलाई गृह

नारायणकाजी उपप्रधानमन्त्री बन्ने पक्का

काठमाडौं, पुस ११ । सोमबार विहान बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराका अनुसार राष्ट्रिय सभा सदस्य रहेका श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएपनि मन्त्रालयको टुङ्गो लगाउन बाँकी छ । अहिले ११ बजे बस्ने सत्ता गठबन्धनको बैठकले माओवादीबाट को–को मन्त्री बन्छन भन्नेबारे टुङगो […]

माओवादीबाट नारायणकाजी उपप्रधानमन्त्री बन्ने

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ । बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले भने, ‘चार बजे शपथ छ, हाम्रो […]

उपेन्द्रलाई ‘उपप्रधानमन्त्री’ मोह

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री पद लिएर पार्टीबाट नेतृत्व गर्दै आफैं सरकारमा जान चाहेका छन्।

देउवा सरकारमा उपप्रधानमन्त्री नहुने !

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा उपप्रधानमन्त्री भने नराख्ने भएका छन् । प्रधानमन्त्री देउवानिकट नेता मीन विश्वकर्माका अनुसार गठबन्धन आबद्ध दलबाट उपप्रधानमन्त्री बनाउँदा उपप्रधानमन्त्री धेरै राख्नुपर्ने बाध्यताका कारण प्रधानमन्त्री देउवा सरकारमा उपप्रधानमन्त्री राख्न अनिच्छुक देखिएका हुन् । ‘प्रधानमन्त्रीले सरकारमा यसपटक उपप्रधानमन्त्री राख्न चाहनुभएको छैन, तीन दलबाट तीन जना उपप्रधानमन्त्री बनाउन उहाँ इच्छुक हुनुहुन्न,’ देउवानिकट नेता विश्वकर्माले भने । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

उपप्रधानमन्त्री र अमेरिकी राजदूतबीच भेट

उपप्रधानमन्त्री इश्वर पोखरेलले कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि कूटनीतिक पहल तीव्र पारेका छन् ।यसैक्रममा उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच बिहीबार टेलिफोन संवाद भएको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरे । नेपालमा कोरोना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपयुक्त माध्यम […]