राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि राजनीतिको केन्द्रमा माओवादी छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक केन्द्रमा माओवादी केन्द्र रहेको दाबी गरेका छन्।चितवनको टाँडीमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण  कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादी केन्द्रको वरपरै घुमिरहेको दाबी गरे।‘देश अहिले पनि माओवादीकै वरिपरि घुमिरहेको छ‚’ प्रचण्डले भने‚ ‘देश र जनताको पक्षमा काम लाग्ने पार्टी माओवादीबाहेक अरु कुनै छैन।’&

सम्बन्धित सामग्री

माओवादी स्थायी कमिटीको बैठक ३ बजे

काठमाडौं । नेकपा माओवादीको स्थायी कमिटी बैठक आज ३ बजे बोलाइएको छ । प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तता देखाउदै बुधबार र बिहीबार बिहान गरी तीनपटक बैठक सारिएको थियो । समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजन बैठकका मुख्य एजेण्डा छन् ।