मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्य क्षेत्र अन्तरगतमा मिदास टेक्नोलोजी सफ्टवेर मार्फत शुरु गरिएको हो । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने मिदासले जनाएको छ । विश्वमा जारी