नेपाल महिला चेम्बरले डिजिटल मार्केटिङ तालिम आयोजना गरेको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरूको उत्पादन प्रवर्द्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको हो ।तालिममा करिब १ साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरूले सहभागिता जनाएका थिए । तालिमको समापन अवसरमा नेपाल चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरूलाई मुलुकको आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन् ।