काठमाडौं : चीनको वुहान सहरमा कोरोना संक्रमणको नयाँ लहर फैलिन थालेपछि फेरि लकडाउन घोषणा गरिएको छ। वुहानको जियांग्सिया क्षेत्रमा कोरोनाका ४ संक्रमित भेटिएका छन्। उनीहरुमध्ये कसैमा पनि कोरोनाको लक्षण नदेखिएको अधिकारीहरुको भनाइ छ। झण्डै १० लाख जनसंख्या रहेको जियांग्सियाका बासिन्दालाई ३ दिनसम्म घरभित्रै रहन आग्रह गरिएको छ। चीनले कोरोना भाइरस नियन्त्रणका लागि ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसका लागि ठूलो मात्रामा कोभिड परीक्षण, आइसोलेसन तथा लकडाउनलगायतका कदमहरु उठाइए