काठमाडौं : दक्षिण अमेरिकी देश पेरुमा एक हप्तादेखि जारी विरोध प्रदर्शनकाबीच राष्ट्रव्यापी रुपमा संकटकाल घोषणा गरिएको छ। पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोलाई हिरासतमा लिएपछि एक हप्तादेखि विरोध प्रदर्शन भइरहेको छ भने राजनीतिक अस्थिरता बढेको छ। पेरुका रुक्षामन्त्री अल्बर्टो ओटारोलाले एक महिनाका लागि संकटकाल घोषणा गरेका हुन्। संकटकाल घोषणासँगै नागरिकका अधिकांश मौलिक हक निलम्बन भएका छन्। पछिल्लो पटक अदालतले क्यास्टिलोमाथि छानबिन गर्न ४८ घण्टाको समय थप गरेपछि विरोध प्रदर्शन उग्र बनेको