काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपतिको कार्यालयमा बुधबार अपराह्न भएको विशेष समारोहमा उनले राष्ट्राध्यक्षसमक्ष शपथ लिएका हुन्।