काठमाण्डाै - एसिया कप टी–२० क्रिकेटको सुपर चारमा गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको छ । पाकिस्तान विजयी भएसँगै एसिया कप क्रिकेटको उपाधि दाबेदार मानिएको भारत सुपर चारबाटै बाहिरिएको छ । पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले हराउँदै फाइनलमा पुगेको छ ।
पाकिस्तानसँगै श्रीलङ्का पनि फाइनल पुगेको छ । अफगानिस्तानसँगको खेलमा जितका लागि पाएको १ सय ३० रनको लक्ष्य पाकिस्तानले १९ ओभर २ बलमा ९ विकेट गुमाउँदै भेट्टायो । पाकिस्तानलाई अन्तिम ६ बलमा ११ रन चाहिएको थियो ।
नसिम शाहले पहिलो र द...