काठमाण्डाै - प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावकाे दिन भाेलि देशको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतवार तारा एअरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ । तारा एअरले लुक्लाबाट काठमाण्डौ पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ।
हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुन...