प्रधानमन्त्री शेरबहादुर देउवा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौताको मस्यौदा सार्वजनिक नहुँदासम्म त्यसमा के–के सर्त छन् भन्नेबारेमा विस्तृत रूपमा जानकार थिएनन् । अमेरिकाले नेपाली सेनाको दक्षता अभिवृद्धि र विपत् व्यवस्थापनका क्षेत्रमा करिब ५ मिलियन डलर सहयोग गर्ने जानकारी भने उनलाई थियो ।