नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन् । पार्टीमा आकांक्षी धेरै भएको र नेताहरुको व्यवस्थापनमा समस्या देखिएको भन्दै उनले यो अवस्थामा आफूले पदमा लोभ नगरी कुनै पदमा उम्मेदवार नबन्ने निर्णय लिएको बताइन् । उनले सहमतिमार्फत नेतृत्व चयन हुनुपर्ने पक्षमा आफू रहेको पनि बताइन् । पदाधिकारीमा उम्मेदवारी दिने इच्छा रहेपनि नेताहरुबीच हानथाप देखिएकाले आफू पछाडि हटेको उनको भनाइ छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल