माण्डु हाइड्रोपावरले भदौ १० देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमको आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको ७९ हजार ३० कित्ता आईपीओ समेत जोडेर कम्पनीले सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बाँडफाँट गरिसकिएको छ । बाँकी रहेको आईपीओमध्ये २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ७२ हजार १३३ कित्ता सामूहिक लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । यो आईपीओ विक्री अवधि छिटोमा भदौ १३ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि भदौ २४ गतेसम्म विक्री लम्बिनेछ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेको छ । यही अवस्था दोहोरिएमा कम्पनीको आईपीओ पनि छिटो अवधि भदौ १३ गतेसम्म मात्र विक्रीमा रहनेछ । लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पूरा गर्नेछ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा ईक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी मानिने ईक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीले मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन शुरू भएको हो । उक्त आयोजनाको कुल निर्माण लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार रुपैयाँ छ भने प्रतिमेगावाट औसत लागत १८ करोड २७ लाख रुपैयाँ छ । 

सम्बन्धित सामग्री

मेन्छियाम हाइड्रोपावरले आईपीओ खुल्दै

काठमाडौं– मेन्छियाम हाइड्रोपावरले आगामी ४ वैशाखदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो । हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो । यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी […]

एसियन हाइड्रोपावरले आईपीओ जारी गर्दै

काठमाडौँ- एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गरेको छ । स्थानीय प्रभावित बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गरेको हो । प्रतिसेयर १०० रुपैयाँ अंकितदरका ३ लाख ४० हजार कित्ता […]

मेन्छियाम हाइड्रोपावरले १६ करोड २७ लाखको आईपीओ जारी गर्दै

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्न धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । निष्काशन गर्न लागेको रकम मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रकम बराबरको शेयर आयोजना प्रभावित क्षेत्र बासिन्दाहरुको लागि र १० करोड ८५ लाख १६ हजार ७ सय रकम बराबरको शेयर सामूहिक लगानी कोष सहित सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । उक्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल रहेको छ । संखुवासभा जिल्लामा रहेको माथिल्

श्वेत गंगा हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

श्वेत गंगा हाइड्रोपावरले बुधबार साउन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । हाइड्रोपावरले  प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछन् । सो अवधिमा सबै सेयर

सयपत्री हाइड्रोपावरले आईपीओ जारी गर्दै

काठमाडौँ – सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गर्ने भएको हो । आयोजनाले प्रभाव पार्ने बाग्लुङ जिल्लाको […]

विन्ध्यवासिनी हाइड्रोपावरले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै

विन्ध्यवासिनी हाइड्रोपावरले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । आइड्रोपावरले यहीँ जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको हो ।कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामुहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको १३ लाख ६५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जानकारी दिएको छ । जेठ २० गतेदेखि जारी हुँने आईपीओमा जेठ २५ गतेसम्म आवेदन दिन स

हिमालयन हाइड्रोले वैशाख २५ गतेदेखि आईपीओ जारी गर्ने

हिमालयन हाइड्रोपावरले आगामी वैशाख २५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई जारी पुँजीको ८.२२ प्रतिशत अर्थात ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात् साविकको पाचें गाविसको सबै वडाहरू, मादी गाउँपालिकाको वडा नं २ अर्थात् साविकको नामा

टक्सार पिखुवाखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने

१३ चैत, काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधरणका लागि साधारण सेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्न आइतबार प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश […]

बुद्धभुमि नेपाल हाइड्रोपावरले ७ लाख कित्ता आईपीओ जारी गर्दै

काठमाडौं, ३ असोज । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले ८ करोड बराबरको ८ लाख कित्ता आईपिओ जारी गर्ने भएको छ । कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको हो । कुल कित्ता मध्ये १६ हजार कित्ता कर्मचारी, ४० हजार कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी ७ लाख ४४ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन […]

बुद्धभुमि नेपाल हाइड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौं, २४ साउन । बृद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले १२ लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । प्रतिशेयर १०० अंकित मुल्यका कुल १२ लाख आईपीओ मध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानियलाई ४ लाख कित्ता बिक्रि गर्ने कम्पनीले जनाएको छ । साउन ३२ गतेदेखि बिक्रि खुल्ला हुने आईपीओमा माग बमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्ममा […]