मकवानपुर दुर्घटना : यी हुन् ३ मृतक र १० घाइते

काठमाडौं । मकवानपुरमा शनिबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा दुवै गाडीका गरी १० जना घाइते भएका छन् । प्रहरीका अनुसार हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक शनिबार बिहान ३ बजेतिर ठोक्किएका हुन् । दुर्घटनामा बसका चालक वीरगन्ज वडा नम्बर १५ का ३५ वर्षीय मदनकुमार थापा, यात्रु भारत सिस्वाका करिब ४० वर्षीय अभयलाल कुशवाहा र बिहारका ४० वर्षीय सुनिल कुमारको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा बस र ट्रकका गरी १० यात्रु घाइते भएका छन् । घाइते सबैको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रकमा सवार घाइतेः चालक धादिङ गुजरी गाउँपालिका-१ का २५ वर्षीय राम रोका, झापा बिर्तामोड नगरपालिका–४ का २९ सञ्जीव चौधरी र हेटौंडा उपमहानगरपालिका–३४ की सावित्रा राना मगर । बसमा सवार यात्रु घाइतेः भारत बिहारका २८ वर्षीय अभिननदकुमार सिंह, बिहारकै २५ वर्षीय मेजरकुमार कुशवाहा, बिहारकै गोपालगन्जका ३५ वर्षीय दिलीपकुमार कुशावाहा, बिहारकै ४२ वर्षीय राजनकुमार बर्मा, बिहार सिमनका ४७ वर्षीय दीपककुमार साह, भारत यूपीका ४५ वर्षीय यमुनाकुमार चौहान र धादिङ आदमघाट गाउँपालिकाका २८ वर्षीय राहुल मिजार ।

सम्बन्धित सामग्री

मकवानपुरमा कन्टेनर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा कन्टेनर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । त्रिभुवनराजपथ सडकखण्डमा वीरगञ्जबाट काठमाण्डौ आउँदै गरेको ना ६ख ३९८७ नम्बरको कन्टेनर मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा दुर्घटना हुँदा चालक नुवाकोट बेलकोट–५ का ४२ वर्षीय दीप श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । कन्टेनर मोडमा आफैँ अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो । मृतक श्...

बारा बस दुर्घटना : मृतक सातैजनाको सनाखत

मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा आज बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी र ६७ वर्षीया वैजन्ती देवी रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।   बसमा चालकसहित २६ यात्रु सवार थिए । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेको हेटौंडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् बसका चालक, सहचालक र अन्य एक जना सम्पर्कमा नआएको एसपी रिजालले बताए । उनीहरूको खोजी भइरहेको छ ।   काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई मन्दिरबाट एक सय मिटर दक्षिणतर्फको खोलामा खसेर दुर्घटना भएको हो । रासस

मकवानपुरको इन्द्रसरोवरमा गाडी दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो

हेटौंडा, ७ जेठ : मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको गाडि दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए । उनीहरूको […]

मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो

हेटौंडा । मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको गाडि दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए । उनीहरूको अहिलेसम्म […] The post मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

मकवानपुरमा लोडर दुर्घटना, दुई चिनियाँ नागरिकको मृत्यु

मकवानपुर– मकवानपुरको बकैयामा तराईलाई काठमाडौँ जोड्ने द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । अन्य चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक दुवै चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । द्रुतमार्गको काम गरिरहेको लोडर एक्कासी सिमान्त खोलामा खस्दा लोडरमा रहेका छ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्लाका प्रहरी […]

मकवानपुरमा लोडर दुर्घटना हुँदा २ जना चिनियाँको मृत्यु, ४ घाइते

हेटौंडा : मकवानपुरको बकैया गाउँपालिकामा लोडर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।निजगढ काठमाडौं द्रुत मार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखनजिक लोडर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।द्रुत मार्गमा काम गरिरहेको लोडर एक्कासी सिमात खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। घाइते र मृतक द्रुत मार्ग

जन्ती बाेकेकाे बस दुर्घटनामा तीनजनाको मृत्यु, २५ बढी घाइते

मकवानपुर : मकवानपुर गढी गाउँपालिकाको शिखरकटेरीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढी जन्ती घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको सञ्चार शाखा अनुसार मृतक र घाइतेको नाम थरबारे अझै जानकारी प्राप्त भएको छैन। घाइतेलाई हेटौंडास्थित विभिन्न अस्पतालम...