काठमाण्डाै – दार्चुलामा नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएपछि आज साेमवार बिहानसम्म बन्द भएको नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावत सुरु भएको छ ।
भारतले महाकाली नदीको धार नै परिवर्तन हुने गरी तटबन्ध निर्माणलाई निरन्तरता दिएपछि हिजो साेमवार सदरमुकाम खलङ्गाका स्थानीयवासीले विरोध गरेका थिए । विरोधका क्रममा भारतीय पक्षले ढुङ्गा हानेपछि तनाव सृजना भएको थियो । तनावका कारण हिजैदेखि पुलमा आवतजावतसमेत बन्द गरिएको थियो ।
भारतीय पक्षले बन्द गराएको पुल खुलाउनका लागि जिल्ला प्रशासन...