धादिङ क्षेत्र नम्बर १ मा राजेन्द्र पाण्डेको अग्रता कायमै

धादिङ - धादिङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायमै छ । ३२ हजार ४ सय ३१ मत गणना हुँदा पाण्डेले १३ हजार ६ सय ८ मत ल्याउनु भएको छ । उहाँलाई एमालेका भूमिप्रसाद त्रिपाठीले पछ्याइरहनु भएको छ । त्रिपाठीले अहिलेसम्म १२ हजार ६ सय २८ मत पाउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ४ हजार ४ सय ४३ मत पाउनु भएको छ । एक हजार ७३ मत बदर भएको छ ।

सम्बन्धित सामग्री

धादिङ–१ बाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित

काठमाडौँ – धादिङ क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बागमती प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका पाण्डेले नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७ हजार ९८१ मतान्तरले पराजित गरेका हुन्। पाण्डेले ३५ हजार ९३४ मत पाउँदा त्रिपाठीले २७ हजार ९५३ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४७५ मत पाए।

धादिङ १ को प्रदेश सभा (ख) मा माओवादी केन्द्रका जम्मकट्टेल विजयी

धादिङ – धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्र का शालिकराम जरकट्टेल ७ हजार ४ सय २५ मतान्तरले विजयी हुनुभएको छ । जमरकट्टेले १९ हजार ९ सय ३ मत पाउनुभयो । नेकपा एमालेका उम्मेदवार गजेन्द्र थपलियाले  १२ हजार ४ सय ७८ मत ल्याउनुभएको छ  । धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा ५९ हजार १ सय ९७ मतदाता रहेकोमा ३५  हजार  ९ सय ५ मत खसेको थियो ।

उम्मेदवार बनेका कलाकारको कस्तो छ मत परिणाम ?

काठमाडौं । फिल्म निर्माता रोज राणा नेपाली कांग्रेसको तर्फबाट प्यूठानबाट प्रदेशसभामा निर्वाचित भएका छन् । प्यूठान प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् । अर्का फिल्म निर्माता मदुकुमार श्रेष्ठ धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट कांग्रेसबाट निर्वाचित भएका छन् । राप्रपाबाट मोरङ क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापा जारी मतगणनामा तेस्रो […]

धादिङ-१ मा अग्रता बढाउँदै राजेन्द्र पाण्डे

७ मंसिर, काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बढाएका छन् । पाण्डेले प्रतिस्पर्धी नेकपा एमालेका भूमि त्रिपाठीसँग १ हजार ६६५ मतान्तर कायम गरेका छन् । पाण्डेले १७ हजार २८९ मत प्राप्त गर्दा एमालेका त्रिपाठीले १५ हजार ६२४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय […]

धादिङबाट प्रदेशसभामा कांग्रेसका मदुकुमार श्रेष्ठ विजयी

७ मंसिर, काठमाडौं । धादिङ क्षेत्र नम्बर १ (१) मा सत्ता गठबन्धनका मदुकुमार श्रेष्ठ विजयी भएका छन् । नेपाली कांग्रेसका युवा नेता श्रेष्ठले नेकपा एमालेका रमेश आचार्यलाई १ हजार २९४ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले १७ हजार ८३२ मत प्राप्त गर्दा आचार्यले १६ हजार ५३८ मत ल्याए । यो क्षेत्रमा धुनिबेसी नगरपालिका, गल्छी र […]

मतदाताप्रति हिमेश पन्तको आक्रोश : कतिले त भोट चाहिए रक्सी खुवाउनुस् भने

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही कलाकार पनि चुनावी मैदानमा छन् । कमेडियन  हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । मतगणना भइरहेको उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बनाइरहेका छन् । हिमेश सुरुवातदेखि नै तेस्रो स्थानमा छन् । पछिल्लो […]

धादिङ १ मा त्रिपाठीले उछिने पाण्डेलाई

६ मंसिर, काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठीले नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई पछि पारेका छन् । उनले २१७ मतले पाण्डेलाई पछि पारेका हुन् । त्रिपाठीले ६ हजार १८८ मत प्राप्त गर्दा पाण्डेले ५ हजार ९७१ मत प्राप्त गरेका छन् । यसअघि गल्छी गाउँपालिकाको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवार पाण्डेले अग्रता […]

धादिङ-१ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई अग्रता

५ मंसिर, काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेले अग्रता लिएका छन् । ६०० मत गनिसक्दा पाण्डेले ३१९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका त्रिपाठीले २२५ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३१ मत प्राप्त गरेका छन् । अहिले गल्छी गाउँपालिकाको वडा नम्बर २ र […]

धादिङ क्षेत्र नम्बर १ काे मतगणनामा ढिलाइ

धादिङ - धादिङ क्षेत्र नम्बर १ काे मतगणनामा ढिलाइ भएकाे छ ।  धादिङ क्षेत्र नम्बर १ को मतपेटिका आइतवार रातिसम्म सङ्कलन गरिसकिएकाे भए पनि मतगणनामा भने ढिलाइ भएकाे हाे। मतगणनाका लागि सर्वदलीय र बैठक बसेर विधि तथा सामान्य नियमहरु तय गरिनु पर्ने भएकाले सोमवार बिहान ८ बजेदेखि उम्मेदवार प्रतिनिधि र दलका प्रतिनिधिहरुको बैठक बसिरहेकाे  क्षेत्रनम्बर १ का निर्वाचन अधिकृत कृष्ण कार्कीले जानकारी दिनुभयो।  धादिङ क्षेत्रनम्बर १ मा १ लाख ३२ हजार ३ सय ५४ मतदाता रहेकोमा ८१ हजार १ सय १६ जनाले मतद...

कमेडियन हिमेश पन्तले रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने

काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ । पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् । मंसिर ४ गते […]