पोखरा–जोमसोम हवाई सेवा स्थगित, चार्टर उडान भने जारी

मुस्ताङ । पोखरा–जोमसोम रुटमा सञ्चालन हुँदै आएको नियमित हवाई सेवा स्थगित भएको छ। पर्यटकीय याम नसकिँदै तारा एयर र समिट एयरले नियमित उडान बन्द गरेका हुन्। जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार तारा एयरले अघिल्लो सातादेखि र समिट एयरले सोमबारदेखि नियमित उडान रोकेका छन्। जहाज मर्मतसम्भार र यात्रु अभावका कारण उडान स्थगित गर्नुपरेको […]