प्रदेश नं ७ को विकासको मार्गचित्र बनाइने

धनगढी, १९ असार - विकासका दृष्टिकोणले अन्य क्षेत्रको तुलनामा पछाडि परेको प्रदेश नं ७ को एकीकृत विकासको मार्गचित्र बनाउन पहल थालिएको छ । पहलस्वरुप आज र

सम्बन्धित सामग्री

विकासको मार्गचित्र सार्वजनिक गर्न स्थानीय तहलाई मन्त्री अनिता देवीको आग्रह

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्ने बताएकी छन् ।

संविधानले शान्ति, सुशासन र विकासको मार्गचित्र कोरेको छ : प्रदेश प्रमुख

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले वर्तमान संविधानले दिगो शान्ति, सुशासन र विकासको मार्गचित्र कोरेको बताउनुभएको छ।

समृद्धि शृंखलाले मधेशको १० वर्षे विकासको मार्गचित्र तयार पार्दछ

मधेश समृद्धि शृंखलाको उद्देश्य के हो ? मधेश सम्भावनामा सबैभन्दा अगाडि भएर पनि त्यसको उपयोगमा पछाडि परेको प्रदेश हो । भूगोलमा सबैभन्दा सानो, तर यो प्रदेश जनशक्तिमा सबैभन्दा अगाडि छ । जनशक्ति यस्तो स्रोत हो, जो विकासको ऊर्जा हो । तर, मधेश वैदेशिक रोजगारीका लागि जनशक्ति निकासीमा मात्र अगाडि भयो, यसको उपयोग हुन सकेन । कृषिको सम्भावना त्यस्तै छ । यो क्षेत्रलाई खाद्यान्न उत्पादनको केन्द्र भनिन्छ । तर, खेत बाँझो राखेर युवाहरू विदेश पलायन भइरहेका छन् । देशको मध्यभाग र वैदेशिक व्यापारमा सहजताका कारण उद्योग व्यापारको पनि केन्द्र हो । यो प्रदेशमा उद्योग दर्ताको तथ्यांक हेर्ने हो भने निराशाजनक देखिन्छ । भौतिक र भौगोलिक रूपमा कम सम्भावना भएका क्षेत्रमा यहाँको तुलनामा बढी उद्योग देखिन्छन् । यो सम्भावना उपयोग हुन नसक्नुको परिणाम नै हो । जनकपुर, वीरगञ्ज क्षेत्र पर्यटकीय महत्त्वले पनि अगाडि छन् । यस्ता स्थानहरूको प्रभावकारी उपयोग हुन सकेको छैन । पर्यटकीय प्याकेज बनाउने र त्यसलाई प्रचारप्रसार गर्ने काम प्रभावकारी भएको छैन । कुल गार्हस्थ्य उत्पादनदेखि प्रतिव्यक्ति आयमा मधेश पछाडि छ भने गरीबीमा अगाडि छ । त्यसकारण मधेशका सम्भावनाहरूको अधिकतम उपयोगमार्फत मधेशलाई कसरी विकासका पथमा अगाडि बढाउन सकिन्छ भन्ने सोचले यो कार्यक्रम अगाडि बढाइएको हो ।  यसले विकासका अवसर उपयोगलाई कसरी सहयोग पुर्‍याउँछ ? हामीले यो शृंखलाअन्तर्गत धनुषामा पहिलो कार्यक्रम गर्‍यौं । मधेशका आठै जिल्लामा त्यहाँको निजीक्षेत्र, सार्वजनिक क्षेत्र र सरोकारका अन्य पक्षसँग ती जिल्लाको आर्थिक र सामाजिक अवस्था के कस्तो छ ? सम्भावना कस्ता छन् ? उपयोगमा समस्या छन् भने तिनको समाधान कसरी हुन सक्दछ भन्ने विषयमा गहन छलफल चलाउँछौं । छलफलका क्रममा आएका तथ्यहरूलाई सार्वजनिक गर्दै जान्छौं । र, त्यसको समग्र रूपमा ‘मधेश विकासको मार्गचित्र २०९०’ तयार गर्छौं । यो भनेको विसं २०९० सम्म अर्थात् अबको १० वर्षभित्र मधेशको विकास कस्तो हुनु पर्दछ र त्यसका लागि कुन कुन पक्षले के कस्तो भूमिका निर्वाह गर्नु पर्दछ भन्ने मार्गदर्शन हो । यसरी तयार पारिएको मार्गदर्शनबारे प्रदेश सरकारसँग समन्वय गरेर त्यसलाई विकास रणनीतिको आधारको रूपमा अघि बढाउने प्रयास गर्दछौं । यसबाट मधेशको समग्र विकासले अपेक्षित गति लिनेमा हामी विश्वस्त छौं ।  यो सोच कसरी आयो ? विगतमा म वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा ग्रेटर वीरगञ्जको अवधारणा ल्याएको थिएँ । आजको वीरगञ्ज महानगरको विकासले हामीले त्यतिबेला अघि सारेका तथ्य र सम्भावनाहरूलाई सम्बोधन गरिरहेको छ । अहिले म नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशको अध्यक्ष भइसकेपछि मधेशको सापेक्ष र अपेक्षित विकास कसरी गर्न सकिएला भन्नेमा सोच केन्द्रित भयो । र, मधेशका आठै जिल्लाको विकासको वास्तविक अवस्था पत्ता लगाएर आवश्यकताका आधारमा एउटा ठोस अवधारणा बनाउने योजना बन्यो । यसलाई मधेशको समग्र विकासको प्रस्थानबिन्दु बनाउने उद्देश्य छ ।

सिलवालको विकास मार्गचित्र-‘भट्टेडाँडामा विमानस्थल, माल्टामा सिमेन्ट कारखाना’

ललितपुर, कात्तिक २० । अघिल्लोपटक नयाँ योजना अघि सारेर चुनाव जितेका नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवालले यसपटक ललितपुर दक्षिणभेगको विकासको मार्गचित्र अघि सार्ेका छन् । ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरी उनले विकासको मार्गचित्र सार्वजनिक गरेका हुन् । सिलवालले अघि सारेको विकासको मार्गचित्रमा भट्टेडाँडामा विमानस्थल, लिच्छवीकालीन शहर चापागाँउलाई पुरातात्विक ढंगबाट विकास गर्ने, लेले चन्दनपुरलाई धरान चतरासम्म […]

एमाले घोषणापत्र जनता छक्याउने होइन, देश विकासको मार्गचित्र हो : ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले ल्याएको घोषणापत्र देश विकासको मार्गचित्र भएको बताएका छन् ।

आर्थिक समृद्धि र विकासको मार्गचित्र ‘कर्णाली उत्सव’

स्रोतसाधनले कर्णाली मुलुककै आत्मनिर्भर प्रदेश हो । जल, जमिन, जडिबुटी र जंगलको कर्णालीमा राम्रो सम्भावना छ । बहुमूल्य जडिबुटी, कृषि सम्भावना, पर्यटनको फराकिलो दीर्घकालीन भविष्य कर्णालीबाहेक अन्य प्रदेशको कमै देखिन्छ भने देशको ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमताको १८ हजार मेगावाट विद्युत उत्पादन कर्णालीले ओगटेको छ । अहिले मुस्किलले पाँच हजार मेगावाटमात्रै उत्पादन भइरहेको छ […]

बौरिंदै एमसीसी बहस र विकासको मार्गचित्र

अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले सन् २००२ मार्च १४ मा अल्पविकसित र विकासोन्मुख दुवै थरी राष्ट्रको विकासका लागि अनुदान प्याकेजको घोषणा गरेका थिए । त्यही प्याकेज नै अहिले मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसी हो । राष्ट्रपति बुसले प्रारम्भमा औसत १ हजार ४ सय ३५ युएस डलरभन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकसँग साझेदारी गर्ने प्रस्ताव गरे […]

काँग्रेसले जारी गर्‍यो सामाजिक एवं आर्थिक विकासको मार्गचित्र

नेपाली काँग्रेसले नेपालको सामाजिक एवं आर्थिक विकासको मार्गचित्र सार्वजनिक गरेको छ। भर्खरै पार्टी प्रवेश गरेका विनोद चौधरी संयोजक रहेको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिले शुक्रबार मार्गचित्र सार्वजनिक गरेको हो।

प्रदेश नं ७ को विकासको मार्गचित्र बनाइने

धनगढी, १९ असार - विकासका दृष्टिकोणले अन्य क्षेत्रको तुलनामा पछाडि परेको प्रदेश नं ७ को एकीकृत विकासको मार्गचित्र बनाउन पहल थालिएको छ । पहलस्वरुप आज र