नेपाली जनताले आफ्ना लागि आफैँले संविधान निर्माण गर्ने धोको पूरा गर्न छ दशक लामो सङ्घर्ष गर्नुपरेको इतिहास गौरवशाली रहेको छ । उक्त सङ्घर्षका क्रममा कैयौँले साहदत प्राप्त गरे भने कैयौ बेपत्ता र घाइते भए । फलतः वर्तमान नयाँ पुस्ताका लागि समाजवादोन्मुख संविधानको ऐतिहासिक दस्तावेज हासिल भएको छ । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी भएको सात वर्ष पुगेको छ ।विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्क