नेपाल र भारत छिट्टै रेल मार्गबाट जोडिन्छन् : भारतीय विदेश सचिव श्रृङ्गला

भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला ले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् । बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेलमार्गले दुई देशलाई अझ निकट बनाउने बताए । ‘रेलमार्गका कारण दक्षिण एसियाको भूगोल द्रुत गतिमा आपसमा निकट भइरहेका छन् । छिट्टै नेपाल र भारत दुई वटा रेल लिंक र बंगलादेश र भारत ६ वटा रेल लिंकबाट जोडिने छन्,’ उनले भने । भारतीय विदेश सचिव श्रृङ्गलाले छिमेक पहिलो नीतिलाई भारतले उच्च प्राथमिकता दिएको जनाए

सम्बन्धित सामग्री

अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । विदेश सचिव क्वात्रा कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा आज पुगेर भेटवार्ता गर्नुभएको हो । भेटमा दुवै मुलुकबीचको सम्बन्धलाई बलियो बनाउन द्विपक्षीय हित र चासोबारे उहाँहरुबीच कुराकानी भएको थियो । भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको …

परराष्ट्रमन्त्री–भारतीय विदेश सचिव भेटवार्ता : अन्तरराष्ट्रिय हवाई रूटबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमवार भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । उक्त अवसरमा द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि र गौतमबुद्ध तथा पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि नयाँ हवाई रूटको सम्बन्धमा समेत छलफल भएको परराष्ट्रमन्त्री पौड्यालले बताइन् । यसैगरी नेपालमा लगानीको वातावरण बनाउने, नेपाल–भारत कनेक्टिभिटी बढाउने, द्विपक्षीय व्यापारमा देखिने समस्या समाधान गर्ने, विद्युत् व्यापार सहज बनाउने लगायत विषयमा छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तरराष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने विषयमा भारतीय विदेश सचिव क्वात्रासँग प्रस्ताव राखेकी थिइन् । भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि सोमवार नेपाल आएका हुन् । नेपाल आएलगत्तै उनी सचिवस्तरीय बैठकमा सहभागी भएका थिए । नेपालका परराष्ट्र सचिव पौड्याल र भारतीय विदेश सचिव क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले बताएको छ । सो अवसरमा उनीहरूबीच कनेक्टिभिटी, ऊर्जा, व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत विषयमा छलफल भएको थियो । विदेश सचिवको कार्यभार सम्हालेपछिको क्वात्राको यो पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरूप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले बताएको छ ।

भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउनलाग्नु भएको छ । परराष्ट्र सचिव भरत राज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लाग्नुभएको हो । सोमबार बिहान काठमाडौं उत्रेलगत्तै क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । भेटवार्तामा कनेक्टिभिटी, जिद्युत व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृति लगायत द्विपक्षीय सहकार्यका आधादर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले […]

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत शर्मा ट्वीटरमार्फत विदेश सचिव क्वात्रासँग भेट भएको विषयमा जानकारी गराएका हुन् । ‘विदेशसचिव क्वात्राजीसँग आज भएको भेटमा हामीले दिपक्षीय सहकार्यका वृहत पक्षमा छलफल भयो । सबै विषयमा रहेक मजबुत सम्बन्धलाई कायम राख्दै कामलाई निरन्तरता दिने […]

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

१३ साउन, काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत शर्मा ट्वीटरमार्फत विदेश सचिव क्वात्रासँग भेट भएको विषयमा जानकारी गराएका हुन् । ‘विदेशसचिव क्वात्राजीसँग आज भएको भेटमा हामीले दिपक्षीय सहकार्यका वृहत पक्षमा छलफल भयो । सबै विषयमा रहेक मजबुत सम्बन्धलाई कायम राख्दै कामलाई […]

राजदूत शर्मा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । भेटवार्ता नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो । ‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विवधि विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक […]

भारतीय विदेश सचिव क्वात्रासँग नेपाली राजदूत शर्माको भेटवार्ता

काठमाडौं, १३ साउन । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । क्वात्रासँगको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे छलफल भएको बताईएको छ । राजदूत शर्माले अहिलेसम्म विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्न सकेका छैनन् । उनलाई जयशंकरले त्यति महत्व नदिएको भनेर नेपालमा आलोचना भैरहेको छ ।

नेपाल र भारत छिट्टै दुई वटा रेल मार्गबाट जोडिन्छन्ः भारतीय विदेश सचिव श्रृङ्ला

काठमाडौं, २५ फागुन : भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले छिट्टै नेपाल र भारत दुई वटा रेलमार्गबाट जोडिने बताएका छन् । बुधबार लालबहादुर शास्त्री एकेडेमीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेलमार्गले दुई देशलाई अझ निकट बनाउने बताए । ‘रेलमार्गका कारण दक्षिण एसियाको भूगोल द्रुत गतिमा आपसमा निकट भइरहेका छन् । छिट्टै नेपाल र भारत दुई […]