काठमाडौं : नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। जनता समाजवादी पार्टीबाट नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार कृषि तथा पशुपन्छी मन्त्रीमा मृगेन्द्र कुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्रीमा…