दुबईबाट काठमाडौं आएका दुईजना युवाले कपडामा लेपन गरेर ल्याएको सुन प्रहरीले बरामद गरेको छ । दुबईबाट काठमाडौं आएका दुईजनाले कपडा भित्र लेपन गरेर ल्याएको ९७२ ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका डिआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । विमानस्थल प्रहरीले सुन ल्याउने र एयरपोर्टमा सुन रिसिभ गर्न गएका दुई जनासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २४ वर्षीय सोम बहादुर बिक, मोरङ घर भएका २८ वर्षका रिवाज गजमेर, सुन रिसिभ गर्न गएका सिन्धुपाल्चोक भोटेकोशी