याे माैसममा हिमालपारीको जिल्ला मुस्ताङका प्रत्येक घरमा खचाखच पाहुना हुने समय हो । पर्यटन प्रवर्धनका लागि पनि मुख्य आधार मानिएको मुस्ताङको पर्यटन क्षेत्रलाई पछिल्लो दुईवर्ष कोरोनाले सुनसान बनाएको छ । गएको वर्ष बैशाखदेखि पुससम्म अर्थात् नौ महिना पूर्ण रुपमा बन्द भएको मुस्ताङ यसवर्ष पनि चैतदेखि फेरि बन्द भएको छ ।