'इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि प्रयोग नहुनु असंवैधानिक'

काठमाडौं : राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मासिने बताएकी छिन्। राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताएकी हुन्। उनले यस कार्यले राष्ट्रियता कमजोर हुने समेत बताइन्। सरकारले अङ्ग्रेजी…

सम्बन्धित सामग्री

नम्बर प्लेट देवनागरी लिपिमा हुनुपर्ने नेपाली शिक्षा परिषद्को माग

काठमाडौं । यातायातका साधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विषयमा नेपाली शिक्षा परिषद्ले प्रेस विज्ञप्ति जारी गर्दै नम्बर प्लेट देवनागरी लिपिमा रहनुपर्ने माग गरेको छ । नेपाल सरकारले सवारी साधनमा विशेष संख्या पाता (इम्बोस्ड नम्बर प्लेट) जडान गर्ने र सो पातामा अंक र अक्षर देवनागरी लिपि (नेपाली) नभई रोमन...

इम्बोस्ड नम्बर ठेक्काबारे छानविन गर्न युवा संघको अख्तियारमा उजुरी

राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितताको छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोगमा उजुरी दिएको छ । उजुरीमा अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानविन र कारबाहीको माग गरिएको छ । युवा संघको टोलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनु परेको ? इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि किन राख्नु नपर्ने ? एक महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने किन ? लगायतका विषयमा छानविन गर्न अख्तियारसँग माग गरेको हो ।

इम्बोस्डका नाममा देवनागरी लिपि मेट्न को को लागे

काठमाडौं, २२ जेठ । सरकारले १ साउनबाट इम्बोस्ड नम्बर प्लेट नराखे बागमती र गण्डकी प्रदेशका सवारी साधनमाथि कारबाही गर्ने भनेपछि सडक नै तरंगित भएको छ । ठूलै आर्थिक चलखेलमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गराउन खोज्दा चौतर्फी विरोध भएको थियो । जसका कारण यो विषय अदालतसम्म पुगेको थियो । इम्बोस्ड नम्बर प्लेट सवारी साधनमा अनिवार्य गर्दा […]

‘इम्बोस्ड नम्बर प्लेट’ मा नेपाली अक्षर र अंकको माग

१९ चैत, काठमाडौँ । नेपाली भाषाको लेख्य प्रमाणलाई समाप्त बनाएर पशुपंक्षीमा जस्तै कथ्यमा मात्र सीमित राख्ने विषाक्त उद्देश्यले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ को अवधारणा ल्याइएकाले रद्द गर्न माग गरिएको छ । देवनागरी लिपि तथा वर्णाक्षर बचाऔँ …

‘इम्बोस्ड नम्बर प्लेट’ मा नेपाली अक्षर र अङ्कको माग

नेपाली भाषाको लेख्य प्रमाणलाई समाप्त बनाएर पशुपक्षीमा जस्तै कथ्यमा मात्र सीमित राख्ने विषाक्त उद्देश्यले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ को अवधारणा ल्याइएकाले रद्द गर्न माग गरिएको छ । देवनागरी लिपि तथा वर्णाक्षर बचाऔँ अभियानको संयोजकत्वमा नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान र नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घको प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी सवारीसाधनमा […]