RajdhaniDaily.com | काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत -
पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि थप १५ दिनको म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश भिमलाल बेल्बासेको इजलासले रविमाथी थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, […]
राउज एभेन्यु अदालतले अन्तःशुल्क निति अन्तर्गत सम्पति शुद्धिकरणसम्बन्धी मुद्दामा म्याद थप गर्दै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । गिरफ्तार व्यक्तिले आम आद्मी पार्टी आपका अन्य सदस्यहरूविरुद्ध झुटा प्रमाण दिएको भन्दै प्रवर्तन निदेशालयले केजरीवाललाई न्यायिक हिरासतमा पठाउन माग गरेको हो । केजरीवालले राजनीतिक मामिला समितिका समेत सदस्य […]
ललितपुरको बालकुमारीमा हालै भएको घटनाको अध्ययन गर्न सरकारले बनाएको जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ । बालकुमारीमा गएको पुस १३ गते कोरियाको रोजगारी अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको सन्दर्भमा भएको प्रदर्शनपछि झडप हुँदा दुईजनाको मृत्यु भएको थियो भने यातायातमन्त्रीको गाडी जलाइएको थियो । उक्त घटनाको छानबिन गर्न मन्त्रिपरिषद्द्वारा पुस १६ गते गठित जाँचबुझ …
काठमाडौँ - ललितपुरको बालकुमारीमा हालै भएको घटनाको अध्ययन गर्न सरकारले बनाएको जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ । बालकुमारीमा गएको पुस १३ गते कोरियाको रोजगारी अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको सन्दर्भमा भएको प्रदर्शनपछि झडप हुँदा दुई जनाको मृत्यु भएको थियो भने यातायातमन्त्रीको गाडी जलाइएको थियो ।
उक्त घटनाको ...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ । पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो ।
गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । पछि माघ ६ गतेदेखि दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गरिएको थियो । थप गरिएको समय फागुन ६ गते सकिँदैछ । जिल्ला प्रशासन कार्यालय चितवनमा बुधवार बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार भित्तो काट्ने काम कठिन भएपछि मंगलवार जिल्ला प्रशासन कार्यालय चितवनले विस्फोटक पदार्थको अनुमतिका लागि मन्त्रालयमा सिफारिशसमेत गरेको छ । अनुमति आएसँगै विस्फोट गराएर ढिस्को फोर्ने काम हुने उनले बताए ।
तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो कडा चट्टानको डाँडो छ । त्यही डाँडो काट्न कठिन भएको हो । अन्य पुलको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार भित्तो काट्न कठिन हुने भएपछि विस्फोट गराउन फाइल विभाग हुँदै मन्त्रालय पठाइएको छ । उक्त फाइल रक्षा, गृह हुँदै अघि बढेको छ । विस्फोटको स्वीकृति पाएसँगै भित्तोमा विस्फोट गर्ने योजना रहेको उनले बताए ।
सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० ओटा पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउ भिर भएको ठाउँमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो । रासस
साउन २५, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ ।
कम्पनीले साउन ५ गतेदेखि २५ गतेसम्मकालगि एक बराबर एक शेयर खरीद गर्न पाउने गरी हकप्रद निष्कासन गरेकोमा १५ दिन अवधि थप गरी भदौ ८ गतेसम्मका लागि तय गरेको हो । कोभिडका कारण अहिलेको अवस्थालाई ध्यानमा राखी कम्पनीले आवेदन दिने अवधि थप गरिएको जानकारी दिएको छ ।
कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते (एक दिन) बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
भौतिक रुपमा शेयरमा आवेदन दिने आवेदकहरुका लागि भने उपत्यका भित्र ग्लोबल आइएमई बैंकको न्यूरोड, बानेश्वर, भक्तपुर थिमी र लगनखेलबाट आवेदन दिन सकिनेभौतिक रुपमा शेयरमा आवेदन दिने आवेदकहरुका लागि भने उपत्यका भित्र ग्लोबल आइएमई बैंकको न्यूरोड, बानेश्वर, भक्तपुर थिमी र लगनखेलबाट आवेदन दिन सकिनेछ ।
उपत्यका बाहिरका लागि भने ग्लोबल आइएमई बैंकको पोखरा, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटाँैडा, नारायणगढ, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।
कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने प्रयाप्त सुनिश्चितता रहेको संकेत गर्ने केयर एनपी सिंगल ए माइनस आइएस रेटिङ प्रदान गरेको छ ।
समझदारी गरेका १९ मध्ये ८ उद्योग दर्तामा आएनन्, थप १५ दिन समय दिइने भैरहवामा निर्माण सम्पन्न विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न ११ कम्पनी मात्रै तयार देखिएका छन् ।...पूरा पढ्नुहोस् »